२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘बिहे पास’ ले कस्तो पायो दर्शक ?

४ बैशाख २०८०, सोमबार ०९:५८

बैशाख ४, काठमाडौँ | नयाँ वर्षको अवसरमा वैशाख १ गतेबाट देशभर प्रदर्शन आएको फिल्म हो ‘बिहे पास’ । श्रीमती तथा ससुरा फकाउन सरकारी जागिरको खोजीमा रहेका एक युवकको संघर्ष र प्रत्यत्नको कथामा निर्माण भएको फिल्मले राम्रै दर्शक पाउन सफल भएको निर्माता रोहित कट्टेल बताउँछन् ।  सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्ममा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा छन् भने उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरो बनेका विशाल पहाडी सरकारी अधिकृतमा छन् ।

फिल्मले सरकारी जागिरको कुरा मात्र होइन, नेपाली जनजीवनका विविध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ । नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी, कर्मचारीको घुस्याहा मनोवृत्ति, लोकसेवा पास गर्न आर्थिक चलखेल, प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न विविध हतकन्डा अप्नाउने डनगिरीलगायतका विविध बिषयलाई समेटेको भएकोले पनि फिल्म दर्शकले रुचाएको निर्माता कट्टेलको धारणा छ । 

फिल्म प्रवेश पौडेलले निर्देशन गरेका हुन् । फिल्मले रिलिजको पहिलो र दोस्रो दिन अर्थात शुक्रबार र शनिबार आक्रामक ब्यवसाय गरेको र त्यसपछि पनि राम्रो ब्यवसाय गरिरहेको कार्यकारी निर्माता रत्न श्रेष्ठले बताए । उनले फिल्मको आइतबारसम्मको ब्यापारबाट आफूहरु नाफामा रहेको सुनाए । फिल्ममा दयाहाङ र प्रकृतिका साथमा सुभाष गजुरेल, श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेल, रुषा न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामिछानको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…