२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पठान’ लाई ३३३ करोड नाफा, शाहरुख खानले कति लिए?

५ बैशाख २०८०, मंगलवार ०८:१२

वैशाख ५, काठमाडौँ | शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले बक्स अफिस सफलतासँगै इतिहास रच्यो । चार वर्षपछि शाहरुखको पुनरागमन रहेको फिल्मले सर्वाधिक कमाउने हिन्दी फिल्मको विश्वव्यापी कीर्तिमान पनि राख्यो ।

सिद्धार्थ आनन्द निर्देशित फिल्मले हिन्दी संस्करणमा मात्र ५७ करोड भारुको ओपनिङ गर्‍यो । भारतीय बक्स अफिसमा फिल्मको कुल कमाइ ५४३.०५ करोड भारु रह्यो । फिल्मको कथा, एक्सन र गीत सबैले दर्शकको मन जिते । जसको फलस्वरूप पठान यो वर्षको मात्रै नभई अहिलेसम्मकै सबैभन्दा ठूलो फिल्म बनेको छ ।

शाहरुखको लागि मात्र होइन, निर्माता आदित्य चोपडाका लागि पनि यो फिल्म निकै नाफामुखी साबित भयो, जसले १००-२०० करोड नभई करिब ३३३ करोड भारु कमाएको थियो । निर्माणसहित फिल्मको कुल बजेट २७० करोड भारु थियो । जबकि यसले भारतीय बक्स अफिसमा ५४५ करोड भारु कमायो ।

अन्तर्राष्ट्रिय बजारमा मात्र यसले ३९६ करोड भारु कमायो । वितरण सेयर २४५ करोड र विदेशमा १७८ करोड भारु रह्यो । स्याटलाइट र डिजिटल राइट्स बिक्रीबापत फिल्मले १५० करोड कमायो । संगीत र अनुदानको माध्यमबाट फिल्मलाई ३० करोड भारु प्राप्त भयो ।

निर्माण कम्पनी यशराज फिल्म्सले २७० करोड भारु लगानी गरेर ६०३ करोड कमायो र ३३३ करोड मुनाफा कमायो । शाहरुखले फिल्मबाट पारिश्रमिक नलिएर मुनाफाको ६० प्रतिशत सेयरमा बसेका थिए । यसप्रकार पठानको कुल कमाइबाट शाहरुखले पारिश्रमिकको रुपमा २०० करोड भारु लिएका छन् । नेपालमा समेत फिल्मले १३ करोड रुपैयाँ ग्रस कमाएको विवरण चलचित्र विकास बोर्डले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…