२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रकाश सपुतको ‘सकम्बरी’ ५ दिनेदेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

२०८०, ६ बैशाख बुधबार ०७:२२

बैशाख ६, काठमाडौँ | नेपाली साङ्गीतिक क्षेत्र सानो छ तर संगीतमा नाम, दाम कमाउने रहर र सपना बोकेर आउने गायक गायिकाको सङ्ख्या धेरै छ । हरेक दिन नयाँ गीतहरु डिजिटल बजारमा सार्वजनिक भैराखेका हुन्छन। केही गीत आएको पत्तो हुँदैन भने केही गीतले भने सार्वजनिक दिन देखिनै चर्चामा रहन सफल हुन्छ । यस्तै सार्वजनिक दिन देखि नै चर्चामा रहन सफल गीत हो गायक प्रकाश सपुतको ‘सकम्बरी’(फूलमाया) ।

५ दिन अगाडि सार्वजनिक गीतले दिन प्रतिदिन चर्चाको शिखर चढ्दो छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल यो गीतले उक्त स्थानमा आफ्नो कब्जा कायमै राखेको छ ।

गीतले बुधबार समाचार तयार गर्दासम्म ८२ लाख बढी भ्युज आउन सफल भएको छ । सम्भवतः नेपाली गीतले यतिको छोटो अवधिमा यति धेरै भ्युज पाएको यो पहिलो हो । गीतमा सपूतकै शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोलाई लिएर भने विभिन्न आलोचना भइरहेका छन् । कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया)को कथा बुनिएको भिडियोले कला क्षेत्रलाई नकारात्मक देखाएको टीकाटिप्पणी भइरहेको छ । केही सङ्घसंस्थाले गीत हटाउन माग गर्दै विरोधका विज्ञप्ति पनि जारी गरेका छन् । भिडियोका निर्देशक सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति