२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रकाश सपुतको ‘सकम्बरी’ ५ दिनेदेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

६ बैशाख २०८०, बुधबार ०७:२२

बैशाख ६, काठमाडौँ | नेपाली साङ्गीतिक क्षेत्र सानो छ तर संगीतमा नाम, दाम कमाउने रहर र सपना बोकेर आउने गायक गायिकाको सङ्ख्या धेरै छ । हरेक दिन नयाँ गीतहरु डिजिटल बजारमा सार्वजनिक भैराखेका हुन्छन। केही गीत आएको पत्तो हुँदैन भने केही गीतले भने सार्वजनिक दिन देखिनै चर्चामा रहन सफल हुन्छ । यस्तै सार्वजनिक दिन देखि नै चर्चामा रहन सफल गीत हो गायक प्रकाश सपुतको ‘सकम्बरी’(फूलमाया) ।

५ दिन अगाडि सार्वजनिक गीतले दिन प्रतिदिन चर्चाको शिखर चढ्दो छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल यो गीतले उक्त स्थानमा आफ्नो कब्जा कायमै राखेको छ ।

गीतले बुधबार समाचार तयार गर्दासम्म ८२ लाख बढी भ्युज आउन सफल भएको छ । सम्भवतः नेपाली गीतले यतिको छोटो अवधिमा यति धेरै भ्युज पाएको यो पहिलो हो । गीतमा सपूतकै शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोलाई लिएर भने विभिन्न आलोचना भइरहेका छन् । कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया)को कथा बुनिएको भिडियोले कला क्षेत्रलाई नकारात्मक देखाएको टीकाटिप्पणी भइरहेको छ । केही सङ्घसंस्थाले गीत हटाउन माग गर्दै विरोधका विज्ञप्ति पनि जारी गरेका छन् । भिडियोका निर्देशक सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…