२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दोस्रो सन्तानलाई जन्म दिदै गरिमा पन्त

२०८०, ८ बैशाख शुक्रबार १२:२१

वैशाख ८, काठमाडौं | २०७४ सालमा रिलिज भएको ‘स्काउट’पछि अभिनेत्री गरिमा पन्त फिल्मबाट टाढिइन् । अहिलेसम्म उनको कमब्याक तय भइसकेको छैन । विवाहपछि उनी घरजम बसाउन व्यस्त छिन् । परिवारसँग बेल्जियममा रहँदै आएकी गरिमा ६० र ७० को दशककी चर्चित अभिनेत्री हुन् ।


बिहेपछि एकाएक अभिनयबाट टाढिएकी गरिमा अहिले पनि सामाजिक सञ्जालमा उत्तिकै व्यस्त छन् । प्रशंसकसँग उनको अन्तरक्रिया चलिरहन्छ । इन्स्टाग्राममार्फत उनले अपडेट पनि दिइरहेकी हुन्छिन् । यही मेसोमा गरिमालाई लिएर नयाँ खबर छ । ‘तीन घुम्ती’ फेम्ड एक्ट्रेस दोस्रो सन्तानलाई स्वागत गर्ने तयारीमा छिन् ।

बिहीबार इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी छन् । छोरीसँगको तस्वीरमा उनको बेबी बम्प देख्न सकिन्छ । जसको संकेत हुन्छ उनी नयाँ सन्तानलाई स्वागत गर्ने तयारीमा छिन् । ‘तिमीले मेरो जीवनलाई उज्यालो बनायौ’ उनले तस्वीरको क्याप्सनमा लेखेकी छन् ।

उनको यो तस्वीरमा उनकै समकालीन अभिनेत्री सञ्चिता लुइँटेल लगायतले हार्ट इमोजी पोस्ट गर्दै माया दर्शाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति