२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘किसीका भाइ किसीकी जान’ले भारतमा कमायो १०० करोड, नेपालमा कति?

१८ बैशाख २०८०, सोमबार ०७:२६

वैशाख १८, काठमाडौँ | सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ले भारतको घरेलु बक्स अफिसमा १०० करोड भारुको कमाइ गरेपछि फ्यानहरुले राहतको सास फेरेका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार आइतबार ४.५० करोड कमाउँदै फिल्मले १०० करोडको आँकडा पार गरेको हो ।

सन्तोषजनक पहिलो सप्ताहन्त ओपनिङ गरेको फिल्मको अकुपेन्सीमा सोमबारदेखि गिरावट आएको थियो । यद्यपि, सप्ताहन्तले निर्माताको अनुहारमा केही खुसी ल्यायो । सोमबार महाराष्ट्रमा सार्वजनिक बिदा घोषणा भएकाले पनि फिल्मका लागि कमाइमा वृद्धि हुने अनुमान गरिएको छ । ट्रेड एनालिस्ट सञ्चिकका अनुसार किसीका भाइ किसीकी जानले आइतबार हिन्दी बजारमा १६.७७ प्रतिशत कब्जा गरेको छ ।

संख्या उत्साहजनक लाग्न सक्छ तर यो सलमानको स्टारडमको तुलनामा केही होइन । उनको पछिल्लो फिल्म ‘दबंग ३ (२०१९) ले २३० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो, जबकि उनको पछिल्लो फिल्म १५० करोड भारुको निकट पनि नहुन सक्छ । दक्षिण भारतीय ‘वीरम’को रिमेक रहेको यो फिल्म सन् २०२३ मा ‘पठान’ र ‘तु झुटी मैं मक्कर’पछिको एक सफल हिन्दी फिल्ममध्ये एक हुनसक्छ ।

‘किसीका भाइ किसीकी जान’मा पूजा हेग्डे, वेंकटेश दग्गुबाती, भूमिका चावला, पालक तिवारी, सिद्धार्थ निगम, राघव जुयाल, शहनाज गिल लगायतका कलाकारहरुको पनि अभिनय छ । सलमानको स्टार पावरका कारण यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भए पनि यसले समीक्षकलाई प्रभावित गर्न भने सकेन ।

इन्डियन एक्सप्रेसकी शुभ्रा गुप्ताले यसलाई ‘अकल्पनीय’ भन्दै समीक्षा गरेकी थिइन्, ‘यो भाइजान हामीले देखेका हरेक भाइजानको थकित र अकल्पनीय संयोजन हो ।’ नेपाली बक्स अफिसमा समेत यो फिल्मले अपेक्षाभन्दा कम व्यापार गरिरहेको छ । दुई सातामा फिल्मले नेपाली बक्स अफिसमा तीन करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…