२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रियाशा र भिक्टरले कसे लगनगाँठो

२० बैशाख २०८०, बुधबार ०७:४७

बैशाख २०, काठमाडौँ | कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् ।

उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए । पहिलोपटक नेपाल प्रेसमा उनीहरुको अफेयरबारे समाचार प्रकाशित भएको थियो । यद्यपि, सार्वजनिकरूपमा भने उनीहरू दुवैले आफूहरूको प्रेम स्वीकार गरेका थिएनन् ।

युट्यूवमा प्रशारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’ बाट रियाशा चर्चामा आएकी हुन् । सो सिरिजबाट अलग भएपछि उनी पछिल्लो समय ‘गाह्रो छ हो’ मा व्यस्त छिन् । म्युजिक भिडिओमा पनि उनी डिमान्डेड नाम हुन् ।

भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । यो पेज युवा पुस्तामाझ निकै लोकप्रिय र विश्वसनीय छ । यस पेजका फलोअर्स ३६ लाखभन्दा बढी छन् । भिक्टरलाई यही पेजले ‘रुटिने’ उपनाम दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो