२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पहिलो साता नै हलबाट हट्यो ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ ले कति कमायो ?

२२ बैशाख २०८०, शुक्रबार ११:०३

बैशाख २२, काठमाडौँ | गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘नाइँ नभन्नु ल ६’ पहिलो साता नै हलबाट हटेको छ । फिल्मले आफ्नै पूर्वश्रृंखलाको उपलब्धिलाई हासिल गर्न सकेन । चलेको ब्राण्ड नै सात दिनमा हलबाट उत्रिएको पहिलोपटक हो । 

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ मा आशिर्वाद बराल र आँचल शर्माको मुख्य भूमिका रहेको छ । किशोर र तन्नेरी पुस्ताको प्रेम र परिवारको कथावस्तु रहेकाे याे फिल्मकाे पहिलो दिनको ओपनिङ समेत निकै कमजोर रहेको थियो । चलचित्र विकास बोर्डका अनुसार सात दिनमा फिल्मले २५ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।

गत साता नै रिलिज भएको अर्को नेपाली फिल्म ‘प्रसाद २’ को कमाइ पनि निकै कमजोर हो । चलेको फिल्मको सिक्वेल भएकाले यसको पहिलो साताको कमाइ कम्तीमा डेढदेखि दुई करोड ग्रस अनुमान थियो । तर बोर्डका अनुसार फिल्मको पहिलो साताको कमाइ ७० लाख रुपैयाँ ग्रस हाराहारीमा छ । शुक्रबार र शनिबारको सार्वजनिक बिदाको कारण ‘प्रसाद २’ को कमाइमा केही सुधार हुने अनुमान गर्न सकिन्छ ।

चौथो सातामा प्रवेश गरेको ‘जारी’ले पनि पछिल्लो सप्ताहन्तमा सुखद कमाइ गरिरहेको छ । शुक्रबार र शनिबारको बिदामा सन्तोषजनक अकुपेन्सी देखिएको छ । बोर्डको तथ्यांकअनुसार ‘जारी’को तेस्रो सातासम्मको कमाइ १५ करोड रुपैयाँ ग्रस छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…