२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पलको वास्तविक जीवनसँग मिल्दोजुल्दो ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ को फिमेल संस्करण (भिडियो)

२८ बैशाख २०८०, बिहीबार ११:५३

वैशाख २८,  काठमाडौँ | थुनामुक्त भएपछि अभिनेता पल शाहले निर्माण तथा निर्देशन गरेको गीतिकथा बिहीबार युट्युबमा रिलिज भएको छ । चार वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल संस्करण रहेको यो गीत शाहको पछिल्लो एक वर्षको वास्तविक जीवनमा आधारित छ ।

थुनामा लगिएदेखि रिहा भएपछिको कथावस्तुसम्म समावेश गरिएको यो गीतमा परिवारको मनोदशालाई पनि चित्रण गरिएको छ । अभिनेत्री सूर्यमाला खनालले यसमा पलकी आमाको भूमिकामा अभिनय गरेकी छन् भने बुवाको भूमिकामा प्रकाश अधिकारी छन् । थुनामुक्त भएपछिको प्लटमा मोडल सनिशा भट्टराईसँग पलको रोमान्स देख्न सकिन्छ ।

भिडियोको सुरुमा हतकडी लगाएर प्रहरीले लगेको दृश्यमा पललाई देख्न सकिन्छ । थुनाभित्र रहँदाको मनोदशालाई पनि उनले चित्रण गरेका छन् । गीतको शब्द तथा संगीत पुष्पन प्रधानको छ भने आवाज अनु चौधरीको छ । थुनामुक्त भएपछि पहिलोपटक रुकुम महोत्सवमा बोल्दै शाहले पहिलो कामको रुपमा आफूले ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को दोस्रो संस्करण ल्याउने घोषणा गरेका थिए ।

‘तिमीलाई हेर्ने बानी पर्यौ’ गीतको पुरुष भर्सन पुष्पन प्रधानले गाएका थिए । उक्त गीतमा पनि पलले नै अभिनय गरेका थिए । उक्त गीतले ८३ लाखभन्दा बढी भ्यूज पाएको छ । यी दुवै गीत पलले आफ्नै नामको च्यानलबाट रिलिज गरेका हुन् । गत फागुन १४ गते उच्च अदालत पोखराले पललाई बाल यौन दुरुपयोगको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो । त्यसको भोलिपल्ट उनी तनहुँ जिल्ला कारागारबाट रिहा भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…