२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पल र पूजाले सँगै थापे अवार्ड, तर बोलेनन् !

३१ बैशाख २०८०, आईतवार ०६:४४

वैशाख ३१, काठमाडौँ | शुक्रबार आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा वि.सं २०७८ सालमा रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’बाट नायक पल शाह र नायिका पूजा शर्माले ‘बेष्ट पर्दाको जोडी’को अवार्ड प्राप्त गरे । यो अवार्ड घोषणा भैरहँदा नायक पल शाह हलमा थिए । तर, पूजा शर्मा कार्यक्रम स्थलमा आइपुगेकी थिइनन् । यसैले, पलले एक्लै स्टेजमा गएर यो अवार्ड थापे । 

एक समय अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माबीच बलियो सम्बन्ध थियो । उनीहरुले थुप्रै प्रोजेटसँगै काम गरेका छन् । अभिनेता पल शाह जेल जाँदा दुवै अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भएको थियो । जसको निर्माण पूजा आफैले गरेकी थिइन् ।


पल जेलमा हुँदा पूजा पटक पटक भेट्न पुगेकी थिइन् । पल निर्दोष भन्दै अन्तर्वार्ता समेत दिँदै हिँडेकी पूजा उक्त कारणले धेरै पटक आलोचित समेत भइन् । तर जेलबाट निस्किएपछि पल र पूजाको सम्बन्धमा तिक्तता आएको खबर लगातार बाहिर आइरह्यो । उक्त खबरलाई शुक्रबार आयोजित ‘सिने सर्कल अवार्ड’ ले पनि पुष्टि गर्छ ।

पल जेलबाट निस्किएको साढे २ महिनापछि पहिलो पटक पूजा र पल सार्वजनिक कार्यक्रममा आमुन्ने सामुन्ने भएका थिए । तर बोलचाल भने गरेनन् ।

स्टेजमा दुवैले जोडिएर क्यामेरातिर फर्किएर अवार्ड देखाए । तर, उनीहरुबीच कुनै गफगाफ भएको वा दुवैले एक अर्काको अनुहारमा हेरेर खुसी साटेको देखिएन । अवार्ड थापेपछि दुवै स्टेजबाट फर्किएर आफू बसेको स्थानमा गए ।

फिल्मी पर्दामा वेस्ट जोडीको रूपमा चिनिएका यी दुबैबीच बोलचाल नहुनुलाई दुई बिच राम्रै खटपट भएको बुझ्न सकिन्छ । अवार्ड सकिएपछि मिडियाकर्मीसँग कुराकानी गर्ने क्रममा भने पूजाले पलसँग ‘हाई हेल्लो’ मात्र भएको गफ दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…