२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

डाकिनी’मा रविन्द्रसिंह बानियाँको ट्रान्सवुमन लुक्स, शुक्रबार ६ हलमा रिलिज हुने

४ जेष्ठ २०८०, बिहीबार १०:०२

जेठ ४, काठमाडौँ | शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डाकिनी’ काठमाडौं र पोखराका सीमित हलमा मात्र रिलिज हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले फिल्मलाई क्यूएफएक्सको काठमाडौंस्थित लबिम, छाया र सिभिल मलस्थित हलमा प्रदर्शन गर्ने जनाएको हो ।


साथै, यो फिल्म चावहिलस्थित एफक्यूब, सीतापाइलास्थित सीके सिनेमा र पोखराको मिडटाउन हलमा प्रदर्शन हुनेछ । ‘लक्षित दर्शकलाई पायक पर्ने उद्देश्यले हलहरु तय गरिएको हो,’ निर्माता रविन्द्रसिंह बानियाँले भने, ‘यो व्यावसायिक शैलीको फिल्म पनि होइन । पैसा कमाउने उद्देश्यले पनि बनाएको होइन ।’ नौ करोड लगानीमा निर्माण भएको भनिएको यो फिल्म बौद्ध धर्मको डाकिनी मिथकमा आधारित छ ।

यो फिल्म यसअघि ट्राइबेका, ओसाकासहित विश्वचर्चित महोत्सवमा प्रदर्शन भइसकेको छ । पनौती र पाटनमा छायांकन गरिएको यो फिल्मको प्रिमियर शुक्रबार बेलुका आयोजना गरिएको छ । प्रिमियरमा भाग लिन निर्देशक खिन्से नोर्बु काठमाडौं आउँदैछन् । निर्माता कम्पनी षट्कोणले फिल्म रिलिजसँगै आर्ट विकेन्ड पनि आयोजना गरेको छ ।

जसअनुसार शनिबार निर्देशक नोर्बुले मास्टरक्लास पनि सञ्चालन गर्नेछन् भने लिच्छवि हाउसमा नाटक र कला प्रदर्शनी पनि आयोजना गरिएको छ । यसैबीच, रिलिजको पूर्वसन्ध्यामा अभिनेता रविन्द्रसिंह बानियाँको डाकिनी लुक्स सार्वजनिक भएको छ । फिल्मभित्र उनी ट्रान्सुवमन (पारालैंगिक महिला)को भूमिकामा हुनेछन् । ‘ट्रान्सवुमन पनि डाकिनी हुन सक्छन् भन्ने उद्देश्यले यो पात्र तयार पारिएको हो,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…