२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

डाकिनी’मा रविन्द्रसिंह बानियाँको ट्रान्सवुमन लुक्स, शुक्रबार ६ हलमा रिलिज हुने

२०८०, ४ जेष्ठ बिहीबार १०:०२

जेठ ४, काठमाडौँ | शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डाकिनी’ काठमाडौं र पोखराका सीमित हलमा मात्र रिलिज हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले फिल्मलाई क्यूएफएक्सको काठमाडौंस्थित लबिम, छाया र सिभिल मलस्थित हलमा प्रदर्शन गर्ने जनाएको हो ।


साथै, यो फिल्म चावहिलस्थित एफक्यूब, सीतापाइलास्थित सीके सिनेमा र पोखराको मिडटाउन हलमा प्रदर्शन हुनेछ । ‘लक्षित दर्शकलाई पायक पर्ने उद्देश्यले हलहरु तय गरिएको हो,’ निर्माता रविन्द्रसिंह बानियाँले भने, ‘यो व्यावसायिक शैलीको फिल्म पनि होइन । पैसा कमाउने उद्देश्यले पनि बनाएको होइन ।’ नौ करोड लगानीमा निर्माण भएको भनिएको यो फिल्म बौद्ध धर्मको डाकिनी मिथकमा आधारित छ ।

यो फिल्म यसअघि ट्राइबेका, ओसाकासहित विश्वचर्चित महोत्सवमा प्रदर्शन भइसकेको छ । पनौती र पाटनमा छायांकन गरिएको यो फिल्मको प्रिमियर शुक्रबार बेलुका आयोजना गरिएको छ । प्रिमियरमा भाग लिन निर्देशक खिन्से नोर्बु काठमाडौं आउँदैछन् । निर्माता कम्पनी षट्कोणले फिल्म रिलिजसँगै आर्ट विकेन्ड पनि आयोजना गरेको छ ।

जसअनुसार शनिबार निर्देशक नोर्बुले मास्टरक्लास पनि सञ्चालन गर्नेछन् भने लिच्छवि हाउसमा नाटक र कला प्रदर्शनी पनि आयोजना गरिएको छ । यसैबीच, रिलिजको पूर्वसन्ध्यामा अभिनेता रविन्द्रसिंह बानियाँको डाकिनी लुक्स सार्वजनिक भएको छ । फिल्मभित्र उनी ट्रान्सुवमन (पारालैंगिक महिला)को भूमिकामा हुनेछन् । ‘ट्रान्सवुमन पनि डाकिनी हुन सक्छन् भन्ने उद्देश्यले यो पात्र तयार पारिएको हो,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति