४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दुई नेपाली चलचित्र प्रदर्शनमा

५ जेष्ठ २०८०, शुक्रबार ०६:४६

जेठ ५, काठमाडौँ | शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । 

निर्देशक रामराघव आचार्यले निर्देशन गर्नुभएको चलचित्र ‘ए साथी सुन’ प्रेमकथामा आधारित छ । “यसलाई हामीले नेपाली दर्शक सुहाउँदो शैलीमा तयार गरेका छौँ । प्रेमकथासँगै सामाजिक कथालाई समेटेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो । यो उहाँको पहिलो चलचित्र हो । उहाँले भारतमा अभिनय र निर्देशनको प्रशिक्षण लिनुभएको थियो । चलचित्रलाई टायम कट्टेल र बीना कार्कीले निर्माण गर्नुभएको छ । निर्माता कट्टेलले चलचित्रले समाजको यथार्थलाई प्रस्तुत गरेको बताउनुभयो ।


चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

विश्वभर अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्ट्याच’ बाट प्रदर्शन भएको चलचित्र ‘डाकिनी’ आजैबाट प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । चलचित्रले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउँने छ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहनुभएको चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय रहेको छ । चलचित्र सीमित हलमा मात्र प्रदर्शन भइरहेको छ ।

“विश्वविख्यात प्राविधिकको सहभागितामा निर्माण भएको चलचित्रलाई नेपाली दर्शकसम्म पुर्याउने उद्देश्यले सीमित समयका लागि मात्रै प्रदर्शन गर्नेछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ”, निर्माता बानियाँले भन्नुभयो । विश्वभर महोत्सवमा देखाइएको र रुचाइएको नेपाली कथा नेपाली दर्शकलाई कस्तो लाग्छ भन्ने जान्नका लागि सीमित समयका लागि मात्रै प्रदर्शन गरिएको उहाँको भनाइ थियो । ‘कला सप्ताह’को रूपमा चलचित्र प्रदर्शन, मास्टरक्लास, नाटक मञ्चनलगायत गतिविधि समेत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश