२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दुई नेपाली चलचित्र प्रदर्शनमा

२०८०, ५ जेष्ठ शुक्रबार ०६:४६

जेठ ५, काठमाडौँ | शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । 

निर्देशक रामराघव आचार्यले निर्देशन गर्नुभएको चलचित्र ‘ए साथी सुन’ प्रेमकथामा आधारित छ । “यसलाई हामीले नेपाली दर्शक सुहाउँदो शैलीमा तयार गरेका छौँ । प्रेमकथासँगै सामाजिक कथालाई समेटेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो । यो उहाँको पहिलो चलचित्र हो । उहाँले भारतमा अभिनय र निर्देशनको प्रशिक्षण लिनुभएको थियो । चलचित्रलाई टायम कट्टेल र बीना कार्कीले निर्माण गर्नुभएको छ । निर्माता कट्टेलले चलचित्रले समाजको यथार्थलाई प्रस्तुत गरेको बताउनुभयो ।


चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

विश्वभर अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्ट्याच’ बाट प्रदर्शन भएको चलचित्र ‘डाकिनी’ आजैबाट प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । चलचित्रले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउँने छ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहनुभएको चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय रहेको छ । चलचित्र सीमित हलमा मात्र प्रदर्शन भइरहेको छ ।

“विश्वविख्यात प्राविधिकको सहभागितामा निर्माण भएको चलचित्रलाई नेपाली दर्शकसम्म पुर्याउने उद्देश्यले सीमित समयका लागि मात्रै प्रदर्शन गर्नेछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ”, निर्माता बानियाँले भन्नुभयो । विश्वभर महोत्सवमा देखाइएको र रुचाइएको नेपाली कथा नेपाली दर्शकलाई कस्तो लाग्छ भन्ने जान्नका लागि सीमित समयका लागि मात्रै प्रदर्शन गरिएको उहाँको भनाइ थियो । ‘कला सप्ताह’को रूपमा चलचित्र प्रदर्शन, मास्टरक्लास, नाटक मञ्चनलगायत गतिविधि समेत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति