२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय सिरियल ‘स्वराज’मा नेपाली तेरिया

२०८०, २९ जेष्ठ सोमबार ०९:३९

जेठ २९, काठमाडौँ | भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको विजेता बनेपछि देश तथा विदेशमा चर्चाको केन्द्र बनेकी नेपाली चेली तेरिया मगरले भारतीय सिरियल अभिनय ‘स्वराज’ अभिनय गरेकी छन् । 

भारतको सरकारी टेलिभिजन दूरदर्शनको प्रस्तुति रहेको सिरियलको प्रोमो आफ्नो इन्स्टाग्राममा शेयर गर्दै उनले सा जानकारी दिएकी हुन् । प्रोमोको उनलाई लडाकु अवतारमा देख्न सकिन्छ । सिरियलमा आफू रानी गाइदिन्ल्यूको भूमिकामा रहेको उनले जनाएकी छन् । रानी गाइदिन्ल्यूले भारतको स्वतन्त्रताका लागि ब्रिटिस शासनको विरुद्धमा विद्रोह गरेकी थिइन् । 

‘यस्तो वीर चरित्रमा अभिनय मेरो लागि उल्लेखनीय क्षण थियो । धेरै कुरा सिक्नु पाएँ र सुटिङमा राम्रो समय बित्यो’ उनले भनेकी छन् । प्रोमोमा उनलाई पर्याप्त स्थान दिइएको छ । उनले इन्स्टामा सिरियल छायांकनका केही तस्विरहरु पनि शेयर गरेकी छन् । जसमा उनी रोंगमेई नागा पहिरनमा देखिएकी छन् । एउटा तस्बिरमा उनलाई वाण बोकेको अवस्थामा देख्न सकिन्छ ।

तेरियाको अभिनय रहेको अंश आइतबार साँझ ९ बजे दूरदर्शन टेलिभिजनमा प्रसारण हुनेछ । उनी सिरियललाई लिएर निकै उत्साहित देखिएकी छन् । उनी नेपालको  रुपन्देहीकी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति