२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रणवीरको ‘एनिमल’ रिलिजअघि नै विवादमा, कोरियन फिल्मको नक्कल गरेको आरोप

२०८०, २९ जेष्ठ सोमबार १२:४३

जेठ २९, काठमाडौँ | रणवीर कपुरको आगामी फिल्म ‘एनिमल’को प्रि-टिजर हालै सार्वजनिक भएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा फ्यानले फिल्मले दक्षिण कोरियाली फिल्म ‘ओल्डब्वाइ’को नक्कल गरेको आरोप लगाएका छन् । फ्यानले फिल्म ’ओल्डब्वाइ’को क्लिप सेयर गरेका छन् र ‘एनिमल’को प्रि-टिजर भिडियोसँग तुलना गरेका छन् ।

टिजरमा देखाइएको एक्सन दृश्य उक्त कोरियन फिल्मबाट नक्कल गरिएको फ्यानले बताएका छन् । आइतबार रिलिज भएको प्रि-टिजर भिडियोमा रणवीरलाई एक्सन अवतारमा देखाइएको थियो । टिजरमा उनी बञ्चरोको सहाराले करिडोरमा दुश्मनसँग लडिरहेको देख्न सकिन्छ । यो हेरेपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्देशक सन्दीप रेडी भंगामाथि ‘ओल्डब्वाइ’का दृश्य नक्कल गरेको आरोप लगाएका हुन् ।


टिजर हेरेपछि एक प्रयोगकर्ता लेख्छन्, ‘यस टिजरमा मौलिक केही छैन । दुर्भाग्यवश सन्दीप भंगा पनि एक प्रतिलिपि बने । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘फिल्मको टिजर क्रोधले भरिएको छ, तर निर्देशकले कोरियन फिल्म ‘ओल्डब्वाइ’को एक्सन सिक्वेन्स नक्कल गरेका छन् । सामान्य तपाईं यो भन्दा राम्रो गर्न सक्नुहुन्छ ।’

सन् २००३ मा रिलिज भएको पार्क चान वुक निर्देशित फिल्म ‘ओल्डब्वाइ’लाई यसको सशक्त एक्सन दृश्यका लागि स्मरण गरिन्छ । फिल्ममा एक प्रसिद्ध कोरिडोर लडाइँको दृश्य थियो, जहाँ नायकले एक्लै हथौडाको साथ धेरै गुण्डालाई हराउँछ । ‘एनिमल’का निर्माताले यो एक्सन दृश्य नक्कल गरेको फ्यानले आरोप लगाएका छन् । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेडी भंगा निर्देशित ‘एनिमल’ यस वर्षको अगस्ट ११ मा थिएटरमा रिलिज हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति