२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अग्रिम बुकिङमा प्रभासको ‘आदिपुरुष’ ले बनायो नयाँ कीर्तिमान

२०८०, ३२ जेष्ठ बिहीबार ०९:२५

जेठ ३२, काठमाडौँ | दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म 'आदिपुरुष' को क्रेज बढिरहेको छ।

'आदिपुरुष' रिलिज हुन एक दिन मात्रै बाँकी रहेकाले फ्यानहरूले धमाधम बुकिङ गरिरहेका छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार दिल्लीमा एक टिकट २२०० भारूमा विक्री भइरहेको छ। थ्री-डीमा टिकटको मूल्य २२०० राखिएको छ भने टु-डीमा २००० राखिएको छ। 


टिकटमा उच्च मूल्य हुँदा पनि माग घटेको छैन। कतिपय हलमा ३ दिनसम्म टिकट शोल्ड आउट भएको बताइएको छ। 

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार बिहीबार बिहान ११ बजेसम्म भारतका दुई ठूला मल्टीप्लेक्स चेनमा मात्र ४ लाख ७९ हजार बढी टिकट विक्री भइसकेको छ। यो तथ्यांक हिन्दी र तेलुगु दुवै संस्करणको हो।  

'आदिपुरुष'ले अग्रिम टिकट अग्रिम बुकिङको मामिलामा रामचरण र जुनियर एनटिआरको फिल्म 'आरआरआर' लाई पछि पारिसकेको छ।

हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म 'आदिपुरुष' लाई ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।

यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। 

यो फिलम जुन १६ अर्थात असार १ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति