२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अग्रिम बुकिङमा प्रभासको ‘आदिपुरुष’ ले बनायो नयाँ कीर्तिमान

३२ जेष्ठ २०८०, बिहीबार ०९:२५

जेठ ३२, काठमाडौँ | दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म 'आदिपुरुष' को क्रेज बढिरहेको छ।

'आदिपुरुष' रिलिज हुन एक दिन मात्रै बाँकी रहेकाले फ्यानहरूले धमाधम बुकिङ गरिरहेका छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार दिल्लीमा एक टिकट २२०० भारूमा विक्री भइरहेको छ। थ्री-डीमा टिकटको मूल्य २२०० राखिएको छ भने टु-डीमा २००० राखिएको छ। 


टिकटमा उच्च मूल्य हुँदा पनि माग घटेको छैन। कतिपय हलमा ३ दिनसम्म टिकट शोल्ड आउट भएको बताइएको छ। 

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार बिहीबार बिहान ११ बजेसम्म भारतका दुई ठूला मल्टीप्लेक्स चेनमा मात्र ४ लाख ७९ हजार बढी टिकट विक्री भइसकेको छ। यो तथ्यांक हिन्दी र तेलुगु दुवै संस्करणको हो।  

'आदिपुरुष'ले अग्रिम टिकट अग्रिम बुकिङको मामिलामा रामचरण र जुनियर एनटिआरको फिल्म 'आरआरआर' लाई पछि पारिसकेको छ।

हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म 'आदिपुरुष' लाई ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।

यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। 

यो फिलम जुन १६ अर्थात असार १ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…