२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बालेनको चुनौतीका बीच हलमा लाग्यो ‘आदिपुरुष’

२०८०, १ असार शुक्रबार ०६:०५

असार १, काठमाडौँ | चलचित्र संघले हिन्दी फिल्म ‘आदिपुरुष’ निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको छ। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सो फिल्मलगायत कुनै पनि हिन्दी फिल्म चलाउने नदिने चेतावनी उलंघन भएको छ । 

चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने बारेमा छलफल भएको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए ।  उनका अनुसार बिहान केएल टावरस्थित फिल्महलबाहेक अन्त फिल्म रिलिज भएको थिएन । 

तर संघमा छलफलका साथै  हलवालाहरुले  पनि आधिकारिक पत्र नआएको कारण देखाउँदै मध्यान्हदेखि महानगरभित्रका सबै हलमा  ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको छ । कायस्थले आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको पनि बताए । 

मेयर शाहले ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघले आकस्मिक बैठक बोलाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति