२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दुबै निर्देशक बल्छी र मास्टर पक्राउपछि अब के हुन्छ चर्चित सिरियल ‘जुठे’ र ‘हल्का रमाइलो’ ?

२०८०, १ असार शुक्रबार १०:५०

असार १, काठमाडौँ | बेटिङ प्रमोसन आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) लाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको छ । 

उनीहरू अझै केही दिन प्रहरीको हिरासतमा रहनेछन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई अदालतबाट ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति समेत लिइसकेको छ ।   

पौडेल र श्रेष्ठको अभिनय, निर्देशन रहने दुई हास्य शृङ्खलामध्ये ‘जुठे’ हिमालय टेलिभिजनबाट र ‘हल्का रमाइलो’ नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । निर्देशक दुबै पक्राउ परेपछि के हुन्छ सिरियलको प्रसारण ? सबैको चासोको विषय हो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले ‘हल्का रमाइलो’ एजेन्सी मार्फत आएकोले नयाँ भाग स्टक भए नियमित प्रसारण हुने र नत्र रोकिने बताए । ‘हल्का रमाइलो’ हामीले एजेन्सी मार्फत किनका हौँ । त्यो प्रसारण हुन्छ हुँदैन एजेन्सीमा भर पर्छ’ बलले थपे । त्यस्तै ‘जुठे’ नरोकिने हिमालय टेलिभिजनले बताएको छ । हाम्रो सिरियल मार्फत बेटिङलाई प्रमोसन भएको होइन । त्यसैले सिरियलको प्रसारण रोकिँदैन । स्टक भाग भए प्रसारण हुने र नभए रोकिने टेलिभिजनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति