२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘आदिपुरुष’को विवादित संवाद बीप गरेर नेपालमा मात्र हटाइएपछि चलचित्र विकास बोर्डकोे ध्यानाकर्षण

१ असार २०८०, शुक्रबार १२:२२

असार १, काठमाडौँ | भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद बीप गरेर नेपालमा मात्र हटाइएपछि चलचित्र विकास बोर्डले ध्यानाकर्षण जनाएको छ। विकास बोर्डले एक विज्ञप्ति सार्वजनिक गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण देखाएको हो।

विज्ञप्तिमा यस विषयमा चासो लिने काठमाडौं महानगरका मेयर बालेन शाह र प्रतिनिधिसभा सदस्य असिम शाहलाई धन्यवाद दिएइको छ भने उक्त संवाद चलचित्रबाट यथासक्य हटाउन पहल गरिएको छ।

‘‘आदिपुरुष’ले माता जानकीलाई भारतकी छोरी भनी इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटीसहित नेपालबाहेकका मुलुकहरुमा चलचित्र रिलिज गरेको छ। सो चलचित्रले नेपालकी ऐतिहासिक पात्रको ईतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादप्रति कडा आपत्ति जनाउदँछौ’, विज्ञप्तिमा लेखिएको छ।

चलचित्रको संवादलाई सच्याएरमात्र रिलिज गर्नुपर्ने माग राख्दै बोर्डले गर्नुपर्ने पहल अगाडि बढाएको र यस्ता प्रकारका विवादहरुले दुई देशबीचको साँस्कृतिक तथा कुटनीतिक सम्बन्धमा समेत खलल पुग्ने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…