२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

आदिपुरुष, द फल्यास र नीरफूलले शनिबारसम्म नेपालमा कति कमाए ?

३ असार २०८०, आईतवार ०६:४४

असार ३, काठमाडौँ | प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादको असर नेपाली बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) नेपालमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । हलिउड फिल्म ‘द फल्यास’को पनि ओपनिङ कमजोर छ ।


चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘आदिपुरुष’ले शुक्रबार र शनिबार दुई दिनमा एक करोड एक लाख रुपैयाँ नेट (झण्डै डेढ करोड ग्रस) कमाइ गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्टाटसपछिको विकसित परिस्थितिमा सुरक्षा त्रासको कारण काठमाडौंमा शुक्रबारको बिहानी प्रदर्शन रद्द भएको थियो । विवाद र बिहान हल बन्द भएपछि कमाइ प्रभावित हुन पुग्यो ।

हाइप र स्टारडम हेर्दा फिल्मको ओपनिङ भव्य हुने अपेक्षा गरिए पनि विवादको असर देखिएको छ । भारतमा भने फिल्मले ३७.२५ करोड भारु नेट र विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको व्यापार विश्लेषक सुमित कँडेलले जनाएका छन् ।

यसैबीच, प्रतीक्षित हलिउड सुपरहिरो फिल्म ‘द फल्यास’ले दुई दिनमा नेपालमा १२ लाख रुपैयाँ नेट (१८ लाख रुपैयाँ ग्रस) कमाएको छ । नेपाली फिल्म ‘नीरफूल’ले दोस्रो शनिबारसम्म २१ लाख ३९ हजार नेट (२५ लाख रुपैयाँ ग्रस) कमाएको बोर्डले जनाएको छ । धमाधम ब्लकबस्टर फिल्म दिइरहेका दयाहाङ राईको यो न्यून कमाउने फिल्म समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…