२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चौतर्फी विरोधपछि आदिपुरुषका लेखक मनोजले भावुक हुँदै भने- केही संवादलाई परिमार्जन गर्ने निर्णय गरेका छौँ

२०८०, ३ असार आईतवार ०७:५३

एजेन्सी |  ‘आदिपुरुष’ चलचित्रमा संवाद लेखेका मनोज मुंतासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राखेर चलचित्रमा केही संवाद परिवर्तन गरिने बताएका छन् ।

सामाजिक सञ्जालमा यो फिल्मको संवादको मानिसहरूले आलोचना गरिरहेका छन् । फिल्मको संवादमा जुन किसिमको भाषा प्रयोग गरिएको छ त्यो ठिक नभएको उनीहरूको भनाइ छ ।

नेपालमा पनि सीतालाई ‘भारतकी बेटी’ भनेकोमा सर्वत्र विरोध भइरहेको छ । जनताको असन्तुष्टिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको मनोज मुंतासिरले बताएका छन् । 

उनले ट्विट गर्दै लेखेका छन्, ‘राम कथाबाट सिक्ने पहिलो पाठ हरेक भावनाको सम्मान गर्नु हो । सही होस् वा गलत, समय परिवर्तन हुन्छ, तर भावना रहिरन्छ । आदिपुरुषमा ४ हजारभन्दा बढी पङ्क्तिको  संवाद मैले लेखेँ, ५ पङ्क्तिमा केही भावनामा चोट पुगेको छ । म आफ्नो संवादको पक्षमा अनगिन्ती तर्क दिन सक्छु, तर यसले तपाईंको पीडा कम गर्दैन । मैले र फिल्मका निर्माता–निर्देशकले तपाईंलाई आहात पुर्‍याइरहेका केही संवादलाई परिमार्जन गर्ने निर्णय गरेका छौँ । र यसै हप्तादेखि यसलाई फिल्ममा समावेश गरिनेछ । श्री रामले तपाईंहरु सबैको कल्याण गरुन् ।’

शुक्रवार रिलिज भएको आदिपुरुषले पहिलो दिन ग्लोबल बक्स अफिसमा १४० करोड कमाएको छ । यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका थिए । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति