२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘आदिपुरुष’ को प्रदर्शन देशभर रोक्ने नेपाली वितरकको निर्णय

२०८०, ४ असार सोमबार ०७:५४

असार ४, काठमाडौँ | सोमबारबाट दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को काठमाडाैं क्षेत्र भित्रमात्र नभई देशव्यापी रूपमै प्रदर्शनी रोकिने भएको छ ।

‘देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ,’ चलचित्रका वितरक उज्ज्वल पौडेलले बताए।


‘हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्न थाल्नुभयो। उहाँको मार्गदर्शनलाई पछ्याउँदै आज धरान र पोखरामा पनि चलचित्र निषेध गरियो। यसरी पालैपालो निषेध हुनु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने हाम्रो मनसाय हो,’ उनले भने।

उनले मेयर बालेनले गरेको निर्णयप्रति आफूहरूलाई केही आपत्ति नभएको र कानुनी उपचार समेत नखोज्ने प्रतिक्रिया दिए।

तपाईँहरू त झन् वितरक। चलचित्र रोकिँदा पक्कै घाटा भयो होला ? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘घाटा त अवश्य हुन्छ नै। व्यापार हो। कहिल्यै घाटा कहिल्यै नाफा हुनु स्वभाविक हो। बालेनजीले देशको सेन्टिमेन्टलाई मध्यनजर गरेर यो निर्णय लिनुभएको छ। हामी यसलाई सहर्ष स्विकार्छौ। सीता भारतकी छोरी हुन भन्ने विषयलाई त हामी पनि विरोध नै गर्छौ।

चलचित्रको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवाद अल्टिमेटल दिइएको ३ दिनसम्म पनि नहटाएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए।

उनको निर्देशनपछि आज हल व्यवसायीहरू काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति