२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय फिल्म रोक्ने मेयर बालेनको निर्णयविरुद्ध हल व्यवसायी अदालत जाँदै

४ असार २०८०, सोमबार १२:१३

असार ४, काठमाडौँ | भारतीय फिल्म रोक्ने काठमाडौैं महानगरपालिका प्रमुख बालेनको निर्णयविरुद्ध हल व्यवसायीहरू अदालत जाने भएका छन्।  फिल्म ‘आदिपुरुष’ प्रदर्शन रोकिए पनि  अन्य भारतीय फिल्मको प्रदर्शनलाई लिएर अन्योल उत्पन्न हुँदा हल व्यवसायीहरू बालेनविरुद्ध अदालत जाने भएका हुन् ।

मेयर शाहले ‘आदिपुरुष’ विवादमा अन्य भारतीय फिल्मको प्रदर्शन रोकेपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा नेपाल चलचित्र संघ जुटेको छ । संघका पदाधिकारी सोमबार बिहानैदेखि छलफलमा जुटेका छन् ।

संघका उपाध्यक्ष गोपाल कायस्थले ढिलोचाँडो संघले अदालतमा मेयर शाहको निर्णयलाई चुनौती दिने बताउँदै यसका लागि कानुन व्यवसायीसँग परामर्श गरिरहेको राणाले बताए । उनले भोलिका लागि पनि नजिर बस्ने भएकाले गम्भीर कानुनी परामर्श गर्नुपर्ने बताए।

मेयर शाहको यो कार्यलाई कतिपयले क्षेत्राधिकारभन्दा बाहिर रहेको बताइरहेका छन् । तर, शाह स्वयंचाहिं संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको तर्क गरिरहेका छन् ।

मेयर शाहको कार्यप्रति असन्तुष्टि जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेन्सर पास भइसकेको फिल्मलाई लिएर भएका अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…