२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राजेश पायल राईको सरप्राइजः एक वर्षको छोरोसँगै गीत सार्वजनिक

२०८०, ५ असार मंगलवार ०८:२०

असार ५, काठमाडौँ | चर्चित गायक राजेश पायल राईले आफ्नो पहिलो सन्तान सार्वजनिक गरेका छन्। 

दुई वर्षअघि सुटुक्क विवाह गरेका उनको एक वर्षअघि छोरा जन्मिएको थियो। यद्यपि उनले आफूले विवाह गरेको भने औपचारिक रूपमा अहिलेसम्म जानकारी गराइसकेका छैनन्। 

राईले मंगलबार नयाँ गीत ‘ह्याप्पी बर्डे डे’ सार्वजनिक गर्दै आफ्नो विवाह र छोरा 'सायारेम' लाई सार्वजनिक गरेका हुन्। 

सञ्चारमाध्यममा आफ्नो विवाहबारे उनले खुलेर कुरा गर्ने गरेका थिएनन्। यतिसम्म कि उनले आफूले विवाह गरेको समेत नकार्दै आएका थिए। 

एक वर्ष पूरा भइसकेको छोरासँगै उनले गीत पनि सार्वजनिक गरेका छन्। किङ स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको शब्द रचना अग्नि साम्पाङ राईले गरेका हुन्। 

सायाबुङ राईसँग दुई वर्षअघि राईले विवाह गरेका गरेका थिए। गत वर्ष छोरा सायारेम जन्मिएपछि राजेशले विवाह गरेको तथ्य बाहिरिएको थियो। तर,राजेशले यसबारे केही बोलेका थिएनन्। 

मंगलबार राईले छोरासँगै राईले गीत सार्वजनिक गरेका हुन्। गीतमा राईको स्वर र उनकै संगीत छ। गीतको भिडियो भने 'लिरिकल' मात्रै छ। 

विदेशका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम सकेर उनी केही दिनअघि मात्रै नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति