२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मिस इन्टरनेसनल कात्तिक ९ मा टोकियोमा हुने, नेपालबाट प्रसिद्धि शाह जाने

२०८०, ५ असार मंगलवार ०८:४४

असार ५, काठमाडौँ | मिस वल्र्डपछि विश्व प्रतिष्ठित अर्को सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको ६१ औं संस्करणको मिति घोषणा भएको छ । मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाहको तस्वीर सेयर गर्दै मिस इन्टरनेसनलले आगामी कात्तिक ९ (अक्टोबर २६)लाई फिनाले मितिको रुपमा तय गरेको छ ।


प्रतियोगिता जापानको टोकियोस्थित योयोगी राष्ट्रिय व्यायामशालामा हुने जनाइएको छ । मिस इन्टरनेसनलले प्रसिद्धिलाई पहिलो मिस नेपाल रुबी राणाको छोरीको रुपमा चिनाएको छ । ‘२५ वर्षीया उद्यमीले आफ्नो मिस नेपालको यात्रा अनुशासन, प्रेम र मित्रताको संकल्पको यात्रा भएको वाचा गरिन्,’ लेख्दै प्रसिद्धिको तस्वीर सेयर गरिएको छ ।

मिस इन्टरनेसनलको प्रतिस्पर्धा प्रायः दशैं छेकोमा आयोजना हुने गर्छ । आफूलाई अन्तर्राष्ट्रिय पेजेन्टबाटै ‘इन्डोर्स’ गरिएपछि प्रसिद्धिले पनि इन्स्टाग्रामबाट खुसी व्यक्त गरेकी छन् । प्रसिद्धिले फिनालेमा नेपालको संस्कृति र बालबालिकासम्बन्धी एजेण्डालाई प्रस्तुत गर्ने जनाएकी छन् ।

उनले फिनालेका लागि तयारी थालेकी छन् । यसका लागि उनी जापानी भाषा सिकिरहेकी छन् । यसबाहेक जापानी संस्कृति पनि बुझिरहेकी छन् । बालबालिका र संस्कृतिसम्बन्धी एजेण्डालाई जापानमा हुने फिनालेमा प्रस्तुत गर्ने उनको तयारी छ । सम्भवतः आफ्नो सामाजिक संस्था कोपिला र त्यहाँ भइरहेका प्रयासलाई उनले त्यहाँ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । उनी पेशाले शिक्षक तथा उद्यमी हुन् ।

मिस इन्टरनेसनलका अनुसार मंगलबारसम्म २९ जना प्रतिस्पर्धी तय भइसकेका छन्, जसमा नेपालबाट प्रसिद्धि छिन् । वर्तमान मिस इन्टरनेसनल जर्मनीकी जस्मिन सेलबर्गले नयाँ विजेतालाई ताज पहिर्‍याउनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति