२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मिस इन्टरनेसनल कात्तिक ९ मा टोकियोमा हुने, नेपालबाट प्रसिद्धि शाह जाने

५ असार २०८०, मंगलवार ०८:४४

असार ५, काठमाडौँ | मिस वल्र्डपछि विश्व प्रतिष्ठित अर्को सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको ६१ औं संस्करणको मिति घोषणा भएको छ । मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाहको तस्वीर सेयर गर्दै मिस इन्टरनेसनलले आगामी कात्तिक ९ (अक्टोबर २६)लाई फिनाले मितिको रुपमा तय गरेको छ ।


प्रतियोगिता जापानको टोकियोस्थित योयोगी राष्ट्रिय व्यायामशालामा हुने जनाइएको छ । मिस इन्टरनेसनलले प्रसिद्धिलाई पहिलो मिस नेपाल रुबी राणाको छोरीको रुपमा चिनाएको छ । ‘२५ वर्षीया उद्यमीले आफ्नो मिस नेपालको यात्रा अनुशासन, प्रेम र मित्रताको संकल्पको यात्रा भएको वाचा गरिन्,’ लेख्दै प्रसिद्धिको तस्वीर सेयर गरिएको छ ।

मिस इन्टरनेसनलको प्रतिस्पर्धा प्रायः दशैं छेकोमा आयोजना हुने गर्छ । आफूलाई अन्तर्राष्ट्रिय पेजेन्टबाटै ‘इन्डोर्स’ गरिएपछि प्रसिद्धिले पनि इन्स्टाग्रामबाट खुसी व्यक्त गरेकी छन् । प्रसिद्धिले फिनालेमा नेपालको संस्कृति र बालबालिकासम्बन्धी एजेण्डालाई प्रस्तुत गर्ने जनाएकी छन् ।

उनले फिनालेका लागि तयारी थालेकी छन् । यसका लागि उनी जापानी भाषा सिकिरहेकी छन् । यसबाहेक जापानी संस्कृति पनि बुझिरहेकी छन् । बालबालिका र संस्कृतिसम्बन्धी एजेण्डालाई जापानमा हुने फिनालेमा प्रस्तुत गर्ने उनको तयारी छ । सम्भवतः आफ्नो सामाजिक संस्था कोपिला र त्यहाँ भइरहेका प्रयासलाई उनले त्यहाँ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । उनी पेशाले शिक्षक तथा उद्यमी हुन् ।

मिस इन्टरनेसनलका अनुसार मंगलबारसम्म २९ जना प्रतिस्पर्धी तय भइसकेका छन्, जसमा नेपालबाट प्रसिद्धि छिन् । वर्तमान मिस इन्टरनेसनल जर्मनीकी जस्मिन सेलबर्गले नयाँ विजेतालाई ताज पहिर्‍याउनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य