अभिनेत्री दिपशिखाले गरिन् विवाह

Posted on: 21 Jun, 2023

असार ६, काठमाडौँ | अभिनेत्री दिपशिखा सिंह खड्काले विवाह गरेकी छन् । उनले अमनजंग बस्न्यातसँग कोर्ट म्यारिज (कानुनी विवाह) गरेकी हुन् । खड्का र बस्न्यातले सिमित आफन्तको उपस्थितिमा बुधबार काठमाडौँ जिल्ला अदालतमा कोट म्यारिज गरेका हुन् । दुवैको गत सोमबार ग्रान्ड नोर्लिङ होटलको रिसोर्टमा इन्गेजमेन्ट भएको थियो । बस्न्यात पेशाले पाइलट हुन् । उनी कतार एयरलाइन्समा कार्यरत छन् । 


खड्काले भने केही अगाडि ‘प्रेमलिला’ नामको फिल्म निर्माण गरेकी थिइन् । ‘श्रीदेवी’ नामको फिल्म बनाउने घोषणा समेत गरेकी खड्काले थुप्रै फिल्ममा अभिनेत्रीको रुपमा अभिनय गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!