२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

आयुष्मान र आशिरमानले गरिदिए आमा रविनाको विवाह

८ असार २०८०, शुक्रबार ०६:३५

असार ८, काठमाडौँ | नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीले आमा रविना देशराज श्रेष्ठको विवाह गरिदिएका छन् ।

विहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको भेषमा सजिएकी आमालाई साथमा लिएर मण्डप पुर्‍याएका थिए । ५३ बर्षिय रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विहिबार विवाह गरेकी हुन् ।


केही दिनअघि रविनाको निजी निवासमा मेहन्दी सेरेमनी भएको थियो । आमाको विवाहमा आयुष्मान र आशिरमान दुवै हर्षित देखिएका छन् ।

मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि गत पुषमा सामाजिक सञ्जालबाट प्रेमी सार्वजनिक गरेकी रविनाले गत फागुनमा प्रेमी च्यापम्यानसँग काठमाडौंको एक पाँचतारे होटलमा इन्गेजमेन्ट गरेकी थिइन् । हजुरआमा भैसकेकी रविनाले धुमधामले गरेको विवाहको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

रविनाका श्रीमान् च्यापम्यान बेलायती नागरिक हुन् । उनी लामो समयदेखि विश्व वन्यजन्तु कोषमा आबद्ध छन् । उनी आफ्नो छोरीसहित विवाहका लागि गत हप्ता नेपाल आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…