२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कलाकार पक्राउ परेपछि टिभी शृंखलाको अवस्था के छ ?

१३ असार २०८०, बुधबार १२:३२

असार १३, काठमाडौँ | अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन गरेको आरोपमा जेठ ३२ गते प्रहरीले आठ जनालाई पक्राउ गर्‍यो । पक्राउ परेकामध्ये पाँच जना त टेलिभिजनमा प्रसारण हुने हास्य सिरियलका कलाकार हुन् । जसमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) र सरोज घिमिरे (ढेडो बुढो) छन् ।


प्रहरीले काठमाडौं जिल्ला अदालतको अनुमति लिएर यी कलाकारलाई हिरासतमा राखिरहेको छ । यस्तोमा निकै व्यस्त र चर्चित कलाकार नै एक साताभन्दा बढी समयदेखि हिरासतमा बस्दा उनीहरु संलग्न हुँदै आएको टेलिभिजन कार्यक्रम प्रभावित बन्न थालेको छ ।

हिमालय टिभीमा प्रसारण हुँदै आएको बल्छी धुर्वे र राजु मास्टरको हास्य शृंखला ‘हल्का रमाइलो’ पुनः प्र्रसारण भइरहेको छ भने ‘जुठे’को नियमित प्रसारण जारी छ । ‘जुठे’ सिरियलका केही एपिसोड स्टकमा भएकाले प्रसारण नरोकिएको जनाइएको छ । यी दुवै सिरिजको लेखन तथा निर्देशनमा बल्छी धुर्वे र राजु मास्टर संलग्न छन् ।

भटभटे माइलाको ‘गाह्रो छ हो’ र म्याकुरीको ‘ख्याल ठट्टा’को प्रसारण पनि भइरहेका छन् । कलाकार मात्र सहभागी भएका सिरियल उति प्रभावित छैनन् । अन्य कलाकार र टिमले यी सिरियलको छायांकन धमाधम गरिरहेका छन् । सरोज घिमिरेको श्रृंखला ‘परिवार’ पनि ग्यालेक्सी टिभीमा प्रसारण भइरहेको छ तर काम रोकिएको छैन ।

यी पाँच कलाकार पक्राउ परेको तेस्रो सातासम्म पनि सिरियल हल्का प्रभावित भए पनि रोकिएका छैनन् । ‘जुठे’का कलाकार रवि गिरी केही भाग स्टकमा भएकाले प्रसारणमा समस्या नभएको बताउँछन् । हिमालय टिभीबाट प्रसारण हुँदै आएको जुठे पछिल्लो समयको चर्चित सामाजिक र हास्य सिरियल हो । पक्राउ परेकाहरुमाथि युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै