२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कलाकार पक्राउ परेपछि टिभी शृंखलाको अवस्था के छ ?

१३ असार २०८०, बुधबार १२:३२

असार १३, काठमाडौँ | अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन गरेको आरोपमा जेठ ३२ गते प्रहरीले आठ जनालाई पक्राउ गर्‍यो । पक्राउ परेकामध्ये पाँच जना त टेलिभिजनमा प्रसारण हुने हास्य सिरियलका कलाकार हुन् । जसमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) र सरोज घिमिरे (ढेडो बुढो) छन् ।


प्रहरीले काठमाडौं जिल्ला अदालतको अनुमति लिएर यी कलाकारलाई हिरासतमा राखिरहेको छ । यस्तोमा निकै व्यस्त र चर्चित कलाकार नै एक साताभन्दा बढी समयदेखि हिरासतमा बस्दा उनीहरु संलग्न हुँदै आएको टेलिभिजन कार्यक्रम प्रभावित बन्न थालेको छ ।

हिमालय टिभीमा प्रसारण हुँदै आएको बल्छी धुर्वे र राजु मास्टरको हास्य शृंखला ‘हल्का रमाइलो’ पुनः प्र्रसारण भइरहेको छ भने ‘जुठे’को नियमित प्रसारण जारी छ । ‘जुठे’ सिरियलका केही एपिसोड स्टकमा भएकाले प्रसारण नरोकिएको जनाइएको छ । यी दुवै सिरिजको लेखन तथा निर्देशनमा बल्छी धुर्वे र राजु मास्टर संलग्न छन् ।

भटभटे माइलाको ‘गाह्रो छ हो’ र म्याकुरीको ‘ख्याल ठट्टा’को प्रसारण पनि भइरहेका छन् । कलाकार मात्र सहभागी भएका सिरियल उति प्रभावित छैनन् । अन्य कलाकार र टिमले यी सिरियलको छायांकन धमाधम गरिरहेका छन् । सरोज घिमिरेको श्रृंखला ‘परिवार’ पनि ग्यालेक्सी टिभीमा प्रसारण भइरहेको छ तर काम रोकिएको छैन ।

यी पाँच कलाकार पक्राउ परेको तेस्रो सातासम्म पनि सिरियल हल्का प्रभावित भए पनि रोकिएका छैनन् । ‘जुठे’का कलाकार रवि गिरी केही भाग स्टकमा भएकाले प्रसारणमा समस्या नभएको बताउँछन् । हिमालय टिभीबाट प्रसारण हुँदै आएको जुठे पछिल्लो समयको चर्चित सामाजिक र हास्य सिरियल हो । पक्राउ परेकाहरुमाथि युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…