२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म बनाउँदै ‘बले’

१४ असार २०८०, बिहीबार ०८:३४

असार १४, काठमाडौँ | चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’ का ‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्सालले फिल्म निर्माण गर्ने भएका छन् । रंगमञ्चमा अभिनय गरेको अनुभव बोकेका लम्सालले चलचित्र लोफरमा अभिनय गरेपछि उनको भुमिकालाई दर्शकहरुले अत्याधिक मन पराए । 

‘लोफर’बाट अभिनय यात्रा थालेका सागर लम्साललाई टेलिभिजनले ‘बले’ नामले चिनायो । उनी ‘भद्रगोल’ र ‘सक्किगो नि’ सिरियलबाट दर्शकमाझ चिनिए । ‘लोफर’पछि ‘लज्जा’ र ‘हैरान’ फिल्म गरे तर उनको प्रसिद्धि भने टेलिशृंखलाबाटै भयो । फिल्म र टिभीबाहेक उनी म्युजिक भिडियोमा पनि व्यस्त छन् ।


अब भने बले फिल्म निर्माणमा कस्सिएका छन् । होम प्रोडक्सन बले इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बनाउने उनको तयारी छ । अहिले स्क्रिप्ट लेखन धमाधम चलिरहेको फिल्म कृषिसम्बन्धी कथावस्तुमा बनाउने उनको योजना छ । फिल्ममा तीन शीर्ष कलाकार तय छन् । जसमध्ये एक भूमिकामा बले स्वयं देखिनेछन् । निर्देशक, कलाकार र शीर्षकबारे उनले खुलाएका छैनन् ।

‘बाँकी सबै चाँडै सार्वजनिक गर्छौं,’ उनले भने । २०८१ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको यो फिल्मलाई आगामी चैत वा वैशाखदेखि छायांकन गर्ने उनको योजना छ । कृषिसम्बन्धी कथावस्तुमा बन्ने फिल्ममा बलेले किसानको भूमिका निर्वाह गर्दैछन् । ‘देशमै घटिरहेको घटनाबारे फिल्म बन्छ । हामीले कृषिकै समस्यालाई प्रस्तुत गर्दैछौं,’ उनले भने ।

‘जे होस् फिल्म हेर्दा दर्शकलाई मज्जा आउँछ,’ उनी भन्छन्, ‘मुलुकको कृषि र कृषकसम्बन्धी समस्यालाई यसले सम्बोधन गर्नेछ ।’ अहिले आफूसहित पाँच जना मिलेर फिल्म लेखनको काम चलिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य