२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म बनाउँदै ‘बले’

२०८०, १४ असार बिहीबार ०८:३४

असार १४, काठमाडौँ | नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’ का ‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्सालले फिल्म निर्माण गर्ने भएका छन् । रंगमञ्चमा अभिनय गरेको अनुभव बोकेका लम्सालले चलचित्र लोफरमा अभिनय गरेपछि उनको भुमिकालाई दर्शकहरुले अत्याधिक मन पराए । 

‘लोफर’बाट अभिनय यात्रा थालेका सागर लम्साललाई टेलिभिजनले ‘बले’ नामले चिनायो । उनी ‘भद्रगोल’ र ‘सक्किगो नि’ सिरियलबाट दर्शकमाझ चिनिए । ‘लोफर’पछि ‘लज्जा’ र ‘हैरान’ फिल्म गरे तर उनको प्रसिद्धि भने टेलिशृंखलाबाटै भयो । फिल्म र टिभीबाहेक उनी म्युजिक भिडियोमा पनि व्यस्त छन् ।


अब भने बले फिल्म निर्माणमा कस्सिएका छन् । होम प्रोडक्सन बले इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बनाउने उनको तयारी छ । अहिले स्क्रिप्ट लेखन धमाधम चलिरहेको फिल्म कृषिसम्बन्धी कथावस्तुमा बनाउने उनको योजना छ । फिल्ममा तीन शीर्ष कलाकार तय छन् । जसमध्ये एक भूमिकामा बले स्वयं देखिनेछन् । निर्देशक, कलाकार र शीर्षकबारे उनले खुलाएका छैनन् ।

‘बाँकी सबै चाँडै सार्वजनिक गर्छौं,’ उनले भने । २०८१ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको यो फिल्मलाई आगामी चैत वा वैशाखदेखि छायांकन गर्ने उनको योजना छ । कृषिसम्बन्धी कथावस्तुमा बन्ने फिल्ममा बलेले किसानको भूमिका निर्वाह गर्दैछन् । ‘देशमै घटिरहेको घटनाबारे फिल्म बन्छ । हामीले कृषिकै समस्यालाई प्रस्तुत गर्दैछौं,’ उनले भने ।

‘जे होस् फिल्म हेर्दा दर्शकलाई मज्जा आउँछ,’ उनी भन्छन्, ‘मुलुकको कृषि र कृषकसम्बन्धी समस्यालाई यसले सम्बोधन गर्नेछ ।’ अहिले आफूसहित पाँच जना मिलेर फिल्म लेखनको काम चलिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति