२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कमेडी क्लब विथ च्याम्पियनसमा गन्धर्वको अपमान गरिएको आरोप

२०८०, १४ असार बिहीबार ११:५४

असार १४, काठमाडौँ | नेपाल टेलिभिजनबाट साप्ताहिकरुपमा प्रशारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ् च्याम्पियन्स्’ मा नेपालको लोक संगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षित गरि निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्मसम्मानमा आघात पुगेको भन्दै गन्धर्व सांस्कृतिक कला संगठनले गम्भीर ध्यानाकर्षण जनाएको छ । कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारीले सञ्चालन गर्दै आइरहेको उक्त कार्यक्रममा गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेसा, सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुँदा उक्त दृश्यमा माथि संघले आपत्ति जनाएको हो । 

संगठनका महासचिव अनिल गन्धर्वले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा पटक—पटक गन्धर्व समुदाय र समुदायसँग जोडिएको सारङ्गी बाजालाई लिएर बनाइएको पात्रले समुदायको कला, संस्कृति, सारङ्गीलाई अवहेलनाका दृष्टिले प्रस्तुत गरेको र यसले सिंगो समुदायको आत्मसम्मान र प्रतिष्ठामाथि नै आघात पुर्‍याएकाले तत्काल उक्त पात्रसँग जोडिएका शृङ्खलाहरू हटाउन र सार्वजनिकरुपमा माफी माग्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले यस विषयमा कार्यक्रम प्रस्तोता भण्डारीलाई जानकारी गराउँदा पनि उक्त कार्यक्रममा गन्धर्व समुदाय र सो समुदायसँग जोडिएको कला, संस्कृति र बाजालाई अवहेलनाका दृष्टिले प्रस्तुत गर्दै आइरहेको भन्दै आपत्ति जनाएका छन् । 

“गन्धर्व र सारङ्गीले देशको लोक संस्कृतिको प्रतिनिधित्व गर्नेमा कुनै दुई मत छैन, हामीले देशको लोकसंस्कृतिमा दिएको योगदान आज पनि उत्तिकै सान्दर्भिक छ । देशमा भएका विभिन्न परिवर्तनमा यस समुदायले संगीतको माध्यमबाट खेलेको भूमिका हामीले भनिराख्नु पर्दैन, यस्ता कार्यक्रमले सिंगो समुदायमाथि आघात पुगेकाले यस्ता दृश्य तत्काल हटाउनु पर्छ,” विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति