२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कमेडी क्लब विथ च्याम्पियनसमा गन्धर्वको अपमान गरिएको आरोप

१४ असार २०८०, बिहीबार ११:५४

असार १४, काठमाडौँ | नेपाल टेलिभिजनबाट साप्ताहिकरुपमा प्रशारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ् च्याम्पियन्स्’ मा नेपालको लोक संगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षित गरि निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्मसम्मानमा आघात पुगेको भन्दै गन्धर्व सांस्कृतिक कला संगठनले गम्भीर ध्यानाकर्षण जनाएको छ । कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारीले सञ्चालन गर्दै आइरहेको उक्त कार्यक्रममा गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेसा, सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुँदा उक्त दृश्यमा माथि संघले आपत्ति जनाएको हो । 

संगठनका महासचिव अनिल गन्धर्वले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा पटक—पटक गन्धर्व समुदाय र समुदायसँग जोडिएको सारङ्गी बाजालाई लिएर बनाइएको पात्रले समुदायको कला, संस्कृति, सारङ्गीलाई अवहेलनाका दृष्टिले प्रस्तुत गरेको र यसले सिंगो समुदायको आत्मसम्मान र प्रतिष्ठामाथि नै आघात पुर्‍याएकाले तत्काल उक्त पात्रसँग जोडिएका शृङ्खलाहरू हटाउन र सार्वजनिकरुपमा माफी माग्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले यस विषयमा कार्यक्रम प्रस्तोता भण्डारीलाई जानकारी गराउँदा पनि उक्त कार्यक्रममा गन्धर्व समुदाय र सो समुदायसँग जोडिएको कला, संस्कृति र बाजालाई अवहेलनाका दृष्टिले प्रस्तुत गर्दै आइरहेको भन्दै आपत्ति जनाएका छन् । 

“गन्धर्व र सारङ्गीले देशको लोक संस्कृतिको प्रतिनिधित्व गर्नेमा कुनै दुई मत छैन, हामीले देशको लोकसंस्कृतिमा दिएको योगदान आज पनि उत्तिकै सान्दर्भिक छ । देशमा भएका विभिन्न परिवर्तनमा यस समुदायले संगीतको माध्यमबाट खेलेको भूमिका हामीले भनिराख्नु पर्दैन, यस्ता कार्यक्रमले सिंगो समुदायमाथि आघात पुगेकाले यस्ता दृश्य तत्काल हटाउनु पर्छ,” विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…