२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शृंखला लेख्छिन्- मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको छैन

१५ असार २०८०, शुक्रबार ०८:३८

असार १५, काठमाडौँ | पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकामा पढाइ सकेर स्वदेश फर्किएकी छन् । हार्वर्ड विश्वविद्यालयमा सहरी योजना विषयमा स्नातकोत्तर सकेकी उनी एक महिनाअघि काठमाडौं फर्किएकी हुन् । जहाँ भए पनि श्रृंखलालाई गसिपले पछ्याउन छाड्दैन । उनको निजी र व्यावसायिक जीवन सधैं लाइमलाइटमा रहने गर्छ ।

नेपाल फर्किएपछि पनि श्रृंखला सामाजिक सञ्जालको केन्द्रमा छिन् । यसबीच शुक्रबार उनले इन्स्टाग्राममा लामो स्टाटस पोस्ट गर्दै आफूलाई लिएर चलिरहेका हल्लालाई खण्डन गर्ने प्रयास गरेकी छन् । उनी लेख्छिन्, ‘यदि मैले मेरो सार्वजनिक भाष्यलाई कथाको आकार दिन सक्दिन भने मलाई कुनै आपत्ति छैन । 

श्रृंखला  :

म ठीक एक महिनाअघि नेपाल फर्किएँ । झोलाहरू प्याक गरें, मेरो दुई वर्षको जीवन र तीन सुटकेसलाई लिएर सिंढीबाट ओर्लिएँ । उडान भर्दै २१ घण्टामा घर फर्किएँ । त्यसरी नै मेरो संसार अचानक त्यहीं फर्कियो जहाँ मैले पहिले छोडेको थिएँ । तर यसपटक मात्र म भिन्न थिएँ ।

त्यहाँ धेरै कुराहरू छन् जुन म तपाईंहरू सबैसँग साझा गर्न चाहन्छु । मेरा मायालु शुभचिन्तक र अनुयायी जसले मलाई अघि बढेको र रोकिएको देखेका छन् । जो सामाजिक सञ्जालमा मविरुद्ध हुने घृणा र बदमासीसँगै मेरो साथमा उभिएका छन् । म यो ठाउँमा स्वतन्त्र हुन चाहन्छु तर दुःखको कुरा आज यो बिन्दु आइपुगेको छ, जहाँ म मेरो आफ्नै कथाको स्वामित्व वा नियन्त्रण गर्न सकिरहेको छैन । इन्टरनेटमा भएका जो कोहीले तपाईंको लागि यो गर्न सक्छन् । म यसबाट थकित छु ।

त्यसैले यो सबै कुरा अहिले बाँड्न चाहन्छु । मेरो गति धेरै शान्त र प्रेम, प्रेरणासँगै अघि बढेको छ । म फर्किने बित्तिकै काममा डुबें । म दैनिक एक कडा दिनचर्या पालना गर्छु । थकित हुँदै १० बजे ओछ्यानमा जान्छु र चाँडै उठ्छु । मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको छैन । अफसोस, सामाजिक मिडिया उस्तै भएको छैन । म कृतज्ञ छु कि कम्तीमा म चाहेको बेला यसलाई लगअफ गरेर बन्द गर्न सक्छु । म मेरो वरिपरि भएका मानिसका लागि कृतज्ञ छु, म मेरो अफलाइन जीवन, मेरो वास्तविक जीवनको लागि कृतज्ञ छु ।

यस्तै छ मेरो अहिलेको जीवन । मेरो नजिकको परिवार र साथीहरू । बिहानको पैदल र साँझ पाटन वरिपरि घुम्छु । सम्भावना बोकेको नयाँ सुरुवात । यदि मैले मेरो सार्वजनिक भाष्य (पब्लिक न्यारेटिभ) आकार दिन सक्दिन भने मलाई कुनै आपत्ति छैन । यसले मलाई मेरो करिअर र मेरो व्यक्तिगत जीवनलाई आकार दिने ठाउँ दिएको छ । मैले मानसिक रूपमा लामो समयअघि छोडेको आफ्नो स्वरुपलाई अघि बढाउने अवसर पाएकी छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…