२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रदर्शनको दुई महिनाअघि नै ‘जवान’ को रेकर्ड

१७ असार २०८०, आईतवार १०:०२

असार १७, मुम्बई | शाहरूख खान अभिनीत बलिउड फिल्म ‘जवान’ ले प्रदर्शनको करिब दुई महिनाअघि नै रेकर्ड कायम गरेको छ। फिल्मको म्युजिक रिलिजअगावै कीर्तिमानी मूल्यमा बिक्री भएको हो।

भारतीय सञ्चारमाध्यमका अुनसार फिल्मको म्युजिक राइट्स टी–सिरिजले ३६ करोड भारुमा किनेको हो। विभिन्न कम्पनीको प्रतिस्पर्धाबीच भूषण कुमारको टी–सिरिजले ‘जवान’ को म्युजिक राइट्स किन्न सफल भएको हो।


म्युजिक राइट्स बिक्री भएसँगै फिल्मको चर्चामात्रै चुलिएको छैन, ‘पठान’ पछि शाहरूखको फिल्मले फेरि एक पटक बक्स अफिसमा तहल्का मच्चाउने अनुमान गरिएको छ । एटली कुमार निर्देशित फिल्म सेप्टेम्बर ७ मा सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

फिल्ममा शाहरूख खान, नयन तारा, विजय सेतुपति, सान्या मलहोत्रा, प्रियामनी, अल्लु अर्जुनलगायत कलाकारले अभिनय गरेका छन् । एक्सन थ्रिलर फिल्म ‘जवान’ मा शाहरूखको उत्कृष्ट एक्सन रहेको बताइएको छ । शाहरूखको अर्को फिल्म ‘डंकी’ यसै वर्षको डिसेम्बरमा प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…