२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

हिमालय रोडिजको पाँचौं सिजन साउन ८ गतेदेखि प्रसारण हुने

२०८०, १८ असार सोमबार १२:२५

असार १८, काठमाडौँ | हिमालय रोडिज सिजन-५ आगामी साउन ८ गतेदेखि प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो साहसिक रियालिटी शोका प्रायोजकसँग सम्झौता गरिएको छ । साथै शोमा अनुबन्धित ग्याङ लिडर र होस्ट पनि सार्वजनिक गरियो ।


हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले पछिल्लो समय नेपाली टेलिभिजनमा युवा दर्शक बढेको र रोडिजको पाँचौं सिजन अघिल्लाभन्दा भव्य र परिष्कृत हुने बताए । शोका निर्देशक सिमोस सुनुवारले सिजन ५ मा कार्यक्रमको संरचनामा केही परिवर्तन गरी पाँचजना ग्याङ लिडरको टिमबीच रोचक प्रतिस्पर्धा गराइएको बताए ।

‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरजसिंह ठकुरीले होस्ट गर्दैछन् । प्रियंका कार्की ग्याङ लिडरको रुपमा जोडिएकी छन् । र्‍यापर आशिष राना लाउरे, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री दीया मास्के ग्याङ लिडरको रुपमा छन् ।

डिजिटल अडिसनमा ४ हजार ४०० र फिजिकल अडिसनतर्फ १ हजार ११६ जना सहभागी भएका थिए । एमटीभी इन्डियाको फर्म्याटमा आधारित भएर हिमालय रोडिजले २०७५ सालदेखि नेपालमा प्रसारण थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति