२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुख खानको अमेरिकामा दुर्घटना

१९ असार २०८०, मंगलवार ०८:४४

एजेन्सी | बलिउड अभिनेता शाहरुख खान दुर्घटनामा परेका छन् । उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ ।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले शाहरुख खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनका नाकमा चोट लागेको जानकारी दिएको छ । उनलाई तत्काल अस्पताल लगियो । 

हिन्दुस्तान टाइम्सले उनको मङ्गलवार सामान्य शल्यक्रियासमेत गरिएका जानकारी दिएको छ । 

चोट खासै गहिरो नभएको बताइएको छ । तर शाहरुख वा उनको टिमको तर्फबाट दुर्घटना बारे कुनै आधिकारिक बयान भने जारी  गरिएको छैन । रिपोर्टका अनुसार चोट लागेका कारण शाहरुखको नाकबाट रगत बग्न थालेको थियो । भारतीय सञ्चार माध्यम आजतकले उनी आफ्नो घर मन्नत फर्किसकेको र आराम गरिरहेको बताएको छ । 

शाहरुख खानले हालै फिल्म पठानबाट धमाकादार फिर्ती गरेका थिए । उनको नयाँ फिल्म जवान चाँडै नै रिलिज हुँदैछ । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…