२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘रकी और रानी की प्रेम कहानी’ को ट्रेलर सार्वजनिक

१९ असार २०८०, मंगलवार ११:२४

असार १९, काठमाडौँ | आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् ।

करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक र आर्थिक पृष्ठभूमिका दुई पात्रको कथावस्तुलाई प्रस्तुत गरिएको छ । फिल्ममा रणवीर सिंहले रकी रन्धावा र आलियाले रानीको भूमिका निर्वाह गरेका छन् । ट्रेलरको सुरुमै रकी र रानीको कार आपसमा ठोक्किएको देखाइएको छ । जसकारण दुवै जना एकअर्कालाई चिच्याउन थाल्छन् र सडकमै झगडा गर्छन् । त्यसपछि रकी र रानी पहिलो पटक औपचारिक परिवेशमा भेटेको देखाइएको छ ।

फिल्ममा रकी रन्धावा रमाइलो पञ्जाबी पृष्ठभूमिबाट आएका छन् भने रानी शिक्षित र बौद्धिक बंगाली पृष्ठभूमिबाट आएकी छन् । ट्रेलरमा दुईबीचको कुराकानीमा केही रमाइलो संवाद पनि सुनिएको छ । दुवैबीचको घनिष्ठता बढ्छ र प्रेममा पर्छन् । तर दुवैको परिवार विवाहमा राजी नभएकाले उनीहरुको प्रेम विवाहमा परिणत हुँदैन ।

यो समस्या समाधान गर्न रकी र रानीले आफ्नो परिवार छोडेर तीन महिना एकअर्काको परिवारसँग बस्ने निर्णय गर्छन् । यस क्रममा उनीहरु एकअर्काको परिवारलाई प्रभावित गर्न सक्दो प्रयास गर्छन् । तर यस अवधिमा उनीहरूले आफ्नो पालनपोषण र जीवनशैलीमा ठूलो भिन्नता रहेको महसुस गर्छन् । ट्रेलरमा फिल्मका गीतलाई पनि स्थान दिइएको छ । यससँगै ट्रेलरमा आलिया पनि दुलहीको लुकमा देखिएकी छिन् । फिल्म आगामी साउन १२ गते हलमा रिलिज हुँदैछ । यो फिल्मबाट करण जोहर ६ वर्षपछि निर्देशकको रुपमा फर्कंदैछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…