२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अक्षय कुमारको ‘ओएमजी २’ को २० सिन काटियो

१० श्रावण २०८०, बुधबार १२:२३

साउन १०, काठमाडौं | बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' भारतीय सेन्सर बोर्डमा फसेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सेन्सर बोर्डअन्तर्गतको पुनरावलोकन कमिटीले  फिल्म हेरेको छ। फिल्म हेरेपछि समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको छ।


यस विषयमा निर्मातालाई कारण देखाऊ सूचना पठाइएको थियो। तर निर्माताले कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

यो फिल्म यौन शिक्षामा आधारित भएको हुँदा सेन्सर बोर्डमा अड्किएको सञ्चार माध्यमहरुले बताएका छन्।  

फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरेन्स’ भने आउन सकेको छैन। यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ।

अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षयसँगै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ। यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य