२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘धुर्मुस’लाई प्रश्न : हिजोआजका टेलिश्रृङ्खला कस्तो लाग्छ ?

१५ श्रावण २०८०, सोमबार ११:१९

साउन १५, काठमाडौँ | लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट दर्शकमाझ प्रिय बनेका अभिनेता हुन् सिताराम कट्टेल ‘धुर्मुस’ ।

लामो समय उक्त सिरियलमा सक्रिय रहँदा उनले थुप्रै चरित्रहरू निर्वाह गरेका थिए । ‘धुर्मुस’ कुञ्जना घिमिरे ‘सुन्तली’का साथ सामाजिक कर्ममा होमिएपछि ८ वर्षयता टेलिसिरियलमा देखिएका छैनन् । उनी दर्शक बनेर अहिलेका टेलिसिरियल हेरिरहेका भने छन् । 

हिजोआजका टेलिसियलमा कतिपयले स्तरीयता खस्किएको समेत गुनासो गर्ने गरेका छन् । जबरजस्ती हँसाउने चक्करमा हास्य सिरियलहरू निर्माण भइरहेको गुनासो कतिपयले गर्ने गरेका छन् । धुर्मुसलाई चाहिँ कस्तो लाग्छन् त हिजोआजका टेलिसिरियल ? उनले जवाफ दिए, ‘यस्तो उस्तो भन्दा पनि मलाई यति थाहा छ कि अहिले क्षमतावान व्यक्तिहरू आउनुभएको छ । मात्रै, उहाँहरूले पस्किने चिजहरूमा चाहिँ मेहनत गर्नलाई विभिन्न कुराहरूले अप्ठयारो पर्यो होला भन्ने लाग्छ ।’ 

‘धुर्मुस’ले पहिले डमी हेरिसकेपछि मात्रै सिरियलहरू प्रसारणका लागि पास हुने गरेको स्मरण गरे । ‘त्यतिखेर प्लेटफर्म त्यति धेरै हुँदैनथे । जहाँबाट सिरियलहरू आउँथे, त्यहाँबाट कुन विषयवस्तु रोज्ने, कस्तो बनाउने ? डमीहरू हेरिसकेपछि मात्रै पास हुन्थ्यो’ उनले भने, ‘पुगेन भने फेरि यो थपेर ल्याउनुस्  भनिन्थो । त्यसले गर्दा क्रियटरलाई पनि अझ राम्रो सिर्जना पस्किने, अझ राम्रो गरौं भन्ने हुन्थ्यो ।’

उनले अगाडि थपे, ‘अहिले प्लेटफर्महरू धेरै छन् । तिनलाई सेन्सर गर्ने ठाउँहरू पनि पहिलेजस्तो छैन । त्यसमाथि हतारमा काम गर्नुपर्ने अवस्था पनि अहिले देखिन्छ ।’

सिरियलमा विषयवस्तु उठान गर्न आर्थिक कुराले पनि प्रभाव पार्ने उनी बताउँछन् । 

‘आर्थिक मन्दीले गर्दा बजेटका कुराहरू आउँछन् । सुटिङ गर्न टेक्नोलोजी एकदमै हाइ छ । विषयवस्तु उठान गर्न आर्थिक कुरामा पनि भर पर्छ’ उनले भने, ‘मज्जाले स्रोत हुने भएदेखि सिर्जना गर्ने व्यक्ति एकसेएक हुनुहुन्छ । यद्यपि, विभिन्न बाध्यताले गर्दा ‘ल्याक’ भयोहोला भन्ने लाग्छ ।’ 

यतिबेला धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’को लेखन, निर्देशन एवं अभिनय रहेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ले दर्शकको माया पाइरहेको छ । यो फिल्मलाई ३३ लाख बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…