२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पूर्वपतिको जन्मदिनमा गायिका ‘जेरी’ लेख्छिन् – मैले दिन नसकेको खुशी दिने मान्छे छिट्टै प्राप्त होस्

१८ श्रावण २०८०, बिहीबार ११:२४

साउन १८, काठमाडौँ | लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति शंकर क्षेत्रीको जन्मदिनमा मनछुने शुभकामना दिएकी छन् । 

उनले आफूले दिन नसकेको माया दिने व्यक्ति छिट्टै प्राप्त होस् भन्ने कामना गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन् । 

शंकरको बिहीवार परेको जन्मदिनको अवसर पारेर ‘जेरी’ले फेसबुकमा  लेखेकी छन् ‘मैले दिन नसकेको माया, साथ र खुशी दिने मान्छेको छिट्टै प्राप्ति होस् । जन्मदिनको असिम शुभकामना छोरीको बाउ ।’ उनले छोरीसहित तीन जनाको तस्वीरका साथ उक्त स्टाटस लेखेकी हुन् । 

नेपाली लोकदोहोरी क्षेत्रमा चर्चित जेरी र शंकरले गतवर्षको कात्तिकमा सहमतिमै सम्बन्धविच्छेद गरेका थिए । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको थियो । 

जेरी र शंकरबीच २०७६ सालमा प्रेमविवाह विवाह भएको थियो ।

यी दुईले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरूले गीतमा सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै