२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पूर्वपतिको जन्मदिनमा गायिका ‘जेरी’ लेख्छिन् – मैले दिन नसकेको खुशी दिने मान्छे छिट्टै प्राप्त होस्

१८ श्रावण २०८०, बिहीबार ११:२४

साउन १८, काठमाडौँ | लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति शंकर क्षेत्रीको जन्मदिनमा मनछुने शुभकामना दिएकी छन् । 

उनले आफूले दिन नसकेको माया दिने व्यक्ति छिट्टै प्राप्त होस् भन्ने कामना गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन् । 

शंकरको बिहीवार परेको जन्मदिनको अवसर पारेर ‘जेरी’ले फेसबुकमा  लेखेकी छन् ‘मैले दिन नसकेको माया, साथ र खुशी दिने मान्छेको छिट्टै प्राप्ति होस् । जन्मदिनको असिम शुभकामना छोरीको बाउ ।’ उनले छोरीसहित तीन जनाको तस्वीरका साथ उक्त स्टाटस लेखेकी हुन् । 

नेपाली लोकदोहोरी क्षेत्रमा चर्चित जेरी र शंकरले गतवर्षको कात्तिकमा सहमतिमै सम्बन्धविच्छेद गरेका थिए । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको थियो । 

जेरी र शंकरबीच २०७६ सालमा प्रेमविवाह विवाह भएको थियो ।

यी दुईले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरूले गीतमा सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…