२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘काउली’ सफल भएपछि हरिवंश र शान्तिश्रीको ‘ए केटा मादलु पड्का’ सार्वजनिक

२०८०, १८ श्रावण बिहीबार १२:०५

साउन १८, काठमाडौँ | ‘काउली’को सफलतापछि वरिष्ठ अभिनेता हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई ‘काउली’कै गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । 

चार महिनाअघि सार्वजनिक लोक लयको ‘काउली’ गीत ल्याएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन् ।  तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज वलीलाई सुनाउँदा तत्काल यो संयोग जुरेको उनी बताउँछन् । 


‘अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन,’ हरिवंशले भने, ‘दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरू गीत गाउँदै उफ्री–उफ्री नाचिरहेको देखेँ । त्यहीबेला अचानक मेरो दिमागमा एउटा लय फुर्यो। हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का । तैपनि पछि रेकर्ड गरौँला भनेर बसेको थिएँ । यत्तिकैमा एक दिन सरोज भाइ (ओली)लाई यो गीतको शब्द र लय कस्तो छ भनेर सुनाएँ । भाइलाई मनपरेछ । रेकर्ड गरिहालौं भने । एरेन्जर श्यामश्वेत रसाइली लिएर गइहाले । श्यामश्वेत भाइले पनि ‘यो रमाइलो छ’ भनेपछि गीतले यो स्वरूप पायो ।’ 

गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरूको भाव बोकेको हरिवंश बताउँछन् ।  ‘यो सन्देशमूलक गीत होइन’ उनी भन्छन्, ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेसाप्रति गर्व गरेको शब्द छ । गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे, ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ ।’ यद्यपि यो गीतमा चुनावमा हुने पैसा बाँड्ने विकृतिलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । 

यो गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयमंले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भीर विष्टले गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति