२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सय करोड क्लबमा आलिया र रणवीरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’

२२ श्रावण २०८०, सोमबार ०७:४६

एजेन्सी | बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म 'रकी और रानीकी प्रेम कहानी' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

जुलाई २८ अर्थात साउन १२ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले आइतबार १३ करोड ५० लाख भारू कमाउँदै सय करोड क्लबमा समावेश भएको हो। भारतसँगै फिल्मले अन्य देशमा पनि राम्रो व्यापार गरिहेको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १० दिनमा १०५ करोड ८ लाख भारू कमाएको छ।  

११ करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १६ करोड ५ लाख, तेस्रो दिन १८ करोड ७५ लाख, चौथो दिन ७ करोड २ लाख, पाँचौं दिन ७ करोड ३० लाख, छठौं दिन ६ करोड ९० लाख, सातौं दिन ६ करोड २१ लाख, आठौं दिन ६ करोड ७५, नवौं दिन ११ करोड ५० लाख र दशौं दिन १३ करोड ५० लाख भारू कमाएको हो। यो फिल्मले विश्वभरबाट २०९ करोड ५० लाख कमाएको छ। फिल्मको बजेट १६० करोड बताइएको छ। 

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। यसअघि उनले 'ए दिल हे मुस्किल' निर्देशन गरेका थिए। हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…