२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ग्लोबल नेपाली फिल्म अवार्ड: सर्वोत्कृष्ट अभिनेता अनमोल केसी र अभिनेत्रीतर्फ स्वस्तिमा खड्का घोषित

२०८०, २९ श्रावण सोमबार ०६:१५

साउन २९, काठमाडौँ | ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण शनिबार बेलुका अमेरिकाको सहर न्यूयोर्कमा सम्पन्न भएको छ । स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न भएको अवार्डमा फिल्म र फिल्मकर्मीलाई पुरस्कृत गरिएको थियो ।

अवार्ड कार्यक्रममा ‘प्रेमगीत ३’ सर्वश्रेष्ठ फिल्म घोषित भयो भने सन्तोष सेनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । वर्ष २०२३ को स्टारको उपाधि अनमोल केसीले पाए र स्वस्तिमा खड्का २०२३ वर्षको उत्कृष्ट अभिनेत्री घोषित भइन् ।


अवार्ड ग्रहण गर्न अनमोल यतिबेला न्यूयोर्कमा छन् । शिव विक वर्षका सर्वश्रेष्ठ नृत्य निर्देशक घाषित भए । सर्वश्रेष्ठ डायस्पोरा फिल्मको पुरस्कार ‘लक्का जवान’ले जित्यो । सहायक अभिनेतातर्फ सुनिल थापा र सहायक अभिनेत्रीतर्फ प्रियंका कार्कीले अवार्ड हासिल गरे ।

फिल्म अचिभमेन्ट अवार्ड अभिनेता सरोज खनालले प्राप्त गरे । वर्ष गायिकाको पुरस्कार प्रविशा अधिकारी, डायस्पोराका वर्ष अभिनेता सुवास थापाले प्राप्त गरे । चार दशकदेखि फिल्म क्षेत्रमा योगदान दिएबापत अभिनेता शिव श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।


गेहेन्द्र धिमाल सम्मान अभिनेता पुरण जोशी, रामकेशर बोगटी सम्मान बीना बुढाथोकी, अभियानश्री सम्मान नारायण श्रेष्ठ, सुनिल पाठक र नारायण पुरीलाई प्रदान गरियो ।

प्रोत्साहन पुरस्कार अनिल पाण्डे, विक्रान्त बस्नेत, केदार उप्रेती, सन्तोष रामदाम र शिव पुरीले प्राप्त गरे । यसपटकको अवार्डका जुरीमा कृष्ण मल्ल, रविन्द्र खड्का, शर्मिला मल्ल, नारायण प्रधान र दुर्गा बिसुराल थिए ।

अवार्ड समारोहमा निशा सुनार, स्मिता दाहाल, बसन्ती राई, रामप्रसाद खनाल लगायतले सांगीतिक र नृत्य प्रस्तुति दिएका थिए। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायतले वातावरण संरक्षणको सन्देश दिन विरुवा रोपेर समारोह उद्घाटन गरिएको थियो ।

मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा र उपविजेता इशा सुवेदीलाई पनि सम्मान प्रदान गरियो । समारोहमा सहभागि हुन भुवन, सरोज, शिव, रविन्द्रसहित अनमोल केसी, जिया केसी, निखिल उप्रेती, आयुष्मान जोशी लगायत न्यूयोर्कमा पुगेका थिए ।


नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गरेका हुन् । न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो जसका प्रमुख शैलेश श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति