२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ग्लोबल नेपाली फिल्म अवार्ड: सर्वोत्कृष्ट अभिनेता अनमोल केसी र अभिनेत्रीतर्फ स्वस्तिमा खड्का घोषित

२९ श्रावण २०८०, सोमबार ०६:१५

साउन २९, काठमाडौँ | ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण शनिबार बेलुका अमेरिकाको सहर न्यूयोर्कमा सम्पन्न भएको छ । स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न भएको अवार्डमा फिल्म र फिल्मकर्मीलाई पुरस्कृत गरिएको थियो ।

अवार्ड कार्यक्रममा ‘प्रेमगीत ३’ सर्वश्रेष्ठ फिल्म घोषित भयो भने सन्तोष सेनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । वर्ष २०२३ को स्टारको उपाधि अनमोल केसीले पाए र स्वस्तिमा खड्का २०२३ वर्षको उत्कृष्ट अभिनेत्री घोषित भइन् ।


अवार्ड ग्रहण गर्न अनमोल यतिबेला न्यूयोर्कमा छन् । शिव विक वर्षका सर्वश्रेष्ठ नृत्य निर्देशक घाषित भए । सर्वश्रेष्ठ डायस्पोरा फिल्मको पुरस्कार ‘लक्का जवान’ले जित्यो । सहायक अभिनेतातर्फ सुनिल थापा र सहायक अभिनेत्रीतर्फ प्रियंका कार्कीले अवार्ड हासिल गरे ।

फिल्म अचिभमेन्ट अवार्ड अभिनेता सरोज खनालले प्राप्त गरे । वर्ष गायिकाको पुरस्कार प्रविशा अधिकारी, डायस्पोराका वर्ष अभिनेता सुवास थापाले प्राप्त गरे । चार दशकदेखि फिल्म क्षेत्रमा योगदान दिएबापत अभिनेता शिव श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।


गेहेन्द्र धिमाल सम्मान अभिनेता पुरण जोशी, रामकेशर बोगटी सम्मान बीना बुढाथोकी, अभियानश्री सम्मान नारायण श्रेष्ठ, सुनिल पाठक र नारायण पुरीलाई प्रदान गरियो ।

प्रोत्साहन पुरस्कार अनिल पाण्डे, विक्रान्त बस्नेत, केदार उप्रेती, सन्तोष रामदाम र शिव पुरीले प्राप्त गरे । यसपटकको अवार्डका जुरीमा कृष्ण मल्ल, रविन्द्र खड्का, शर्मिला मल्ल, नारायण प्रधान र दुर्गा बिसुराल थिए ।

अवार्ड समारोहमा निशा सुनार, स्मिता दाहाल, बसन्ती राई, रामप्रसाद खनाल लगायतले सांगीतिक र नृत्य प्रस्तुति दिएका थिए। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायतले वातावरण संरक्षणको सन्देश दिन विरुवा रोपेर समारोह उद्घाटन गरिएको थियो ।

मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा र उपविजेता इशा सुवेदीलाई पनि सम्मान प्रदान गरियो । समारोहमा सहभागि हुन भुवन, सरोज, शिव, रविन्द्रसहित अनमोल केसी, जिया केसी, निखिल उप्रेती, आयुष्मान जोशी लगायत न्यूयोर्कमा पुगेका थिए ।


नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गरेका हुन् । न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो जसका प्रमुख शैलेश श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा