२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘गदर २’ को तीन दिनको कमाइ १३३.१८ करोड, ‘ओह माइ गड २’ को कति ?

२०८०, २९ श्रावण सोमबार ०८:५४

एजेन्सी | सनी देओलको ‘गदर २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शुक्रबार ४० करोड भारु बढीको ओपनिङ गरेको फिल्मले लगातार कमाइमा वृद्धि गरिरहेको छ ।

‘गदर २’ ले शनिबार ४३ करोड कमाउँदा आइतबार ५० करोड बढी कलेक्सन गर्‍यो । योसँगै फिल्मले तीन दिनमा १३३.१८ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब सोमबारको कमाइप्रति सबैको नजर छ । किनकि विकेण्डको तुलनामा विकडेजमा फिल्मको कमाइमा केही असर पर्नेछ ।

तर गदर २ ले विकडेजमा समेत उत्कृष्ट कमाइ गर्ने ट्रेण्ड देखिएको बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् । यो फिल्मले सोमबार ३४ करोड हाराहारीमा नेट कलेक्सन गर्न सक्ने अनुमान गरिएको छ ।

सनी देओल र अमिषा पटेलको शीर्ष भूमिका रहेको ‘गदर २’ सन् २००१ मा रिलिज भएको ब्लकबस्टर ‘गदर : एक प्रेमकथा’को सिक्वेल हो । फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन् ।

उता अक्षय कुमार र पंकज त्रिपाठी अभिनित फिल्म ‘ओह माइ गड २’ ले तीन दिनमा ४३.५६ करोड भारु कमाइ गरेको छ । ‘गदर २’ को तुलनामा बक्स अफिसमा निकै पछि परेको यो फिल्मले शुक्रबार १०.२६ करोडको ओपनिङ गरेको थियो । फिल्मले शनिबार १५.३ करोड र आइतबार १७.५० करोड कमाइ गर्‍यो । फिल्मलाई अमित रायले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति