२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

वाइल्ड कार्डबाट प्रवेश भएका एल्विश यादवले जिते बिग बस ओटिटी सिजन–२

३० श्रावण २०८०, मंगलवार ०५:५४

साउन ३०, काठमाडौँ | बिग बसको इतिहासमा पहिलो पटक वाइल्ड कार्ड एन्ट्रीले उपाधि जितेका छन् । यो सिजनको शीर्ष पाँच प्रतिस्पर्धी थिए – एल्विश यादव, अभिषेक मल्हार, मनिष रानी, बेबिका धुर्वे र पूजा भट्ट । 

सबैभन्दा पहिला पूजा भट्ट बाहिरिइन्, त्यसपछि बेबिका पनि विजेताको दौडबाट बाहिरिइन् । शीर्ष तीनको प्रतिस्पर्धा एल्विश, अभिषेक र मनिषा रानीबीच भयो । मनिषा रानी शीर्ष दुईमा पर्न सकिनन् ।


अन्तिम प्रतिस्पर्धा एल्विश र अभिषेक बीच भयो । र बाजी मारे एल्विशले । उनले ट्रफी र २५ लाख भारु इनाम पाए ।

एल्विश र अभिषेक दुवै चर्चित युट्युबर हुन् र सोसल मिडियामा यी दुईका प्रशंसक लाखौँको सङ्ख्यामा छन् । यसै कारण यो प्रतिस्पर्धामा एल्विशको लोकप्रियता अभिषेकमाथि भारी पर्‍यो । अभिषेक यो संस्करणको सुरुदेखि नै बिग बसको घरमा थिए ।

उनले थुप्रै पटक यसबारे कुरा पनि गरेका थिए । अभिषेकले आफू बिग बसको घरमा पहिलेदेखि नै भएकोले विजेताको हकदार आफू नै हुनुपर्ने भन्दै एल्विशसँग बहस पनि भएको थियो ।

फाइनल अघि अभिषेक बिरामी परेका थिए । उनलाई अस्पतालमा भर्ना पनि गर्नुपरेको थियो । तर फाइनलमा उनी कार्यक्रममा फिर्ता भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा