२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतमा राष्ट्रिय फिल्म पुरस्कार : अल्लु अर्जुन सर्वश्रेष्ठ अभिनेता, अभिनेत्रीतर्फ आलिया र कृति

८ भाद्र २०८०, शुक्रबार ०९:०२

भदौ ८, काठमाडौँ | भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ । सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गर्दै बिहीबार विजयी फिल्मको घोषणा गरिएको हो ।

आलिया भट्ट र कृति सेननले क्रमशः ‘गंगुबाई कठियावाडी’ र ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड सेयर गरे । ‘पुष्पा : द राइज’बाट अल्लु अर्जुनले सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्राप्त गरे ।

‘रकेट्री : द नामिबी इफेक्ट’ सर्वश्रेष्ठ कथानक फिल्म घोषित भयो । सर्वश्रेष्ठ डेब्यु निर्देशकको अवार्ड फिल्म ‘मेप्पडियन’ले प्राप्त गर्‍यो । ‘आरआरआर’ सर्वश्रेष्ठ लोकप्रिय फिल्म घोषित हुँदा ‘द कश्मीर फाइल्स’लाई राष्ट्रिय अखण्डता कायम गर्न योगदान दिएको भन्दै नर्गिस दत्त अवार्ड प्रदान गरियो ।


फिल्म ‘अनुनाद’ सर्वश्रेष्ठ सामाजिक फिल्म घोषित भयो । वातावरण संरक्षणतर्फ ‘आवासाव्यूहम’ सर्वश्रेष्ठ घोषित भयो । ‘गान्धी एण्ड को’ उत्कृष्ट बाल फिल्म, ‘गोदावरी’बाट निखिल महाजन सर्वश्रेष्ठ निर्देशक घोषित भए ।

पंकज त्रिपाठी फिल्म ‘मिमी’बाट सर्वश्रेष्ठ सहायक अभिनेता बन्दा ‘द कश्मीर फाइल्स’बाट पल्लवी जोशी सहायक अभिनेत्री घोषित भइन् । भारतबाट गत वर्ष ओस्कारमा सिफारिस भएको फिल्म ‘द लास्ट शो’का भविन रावरी सर्वश्रेष्ठ बालअभिनेता घोषित भए ।

‘आरआरआर’मा समावेश गीत ‘कोमुराम भीमुडो’बाट काल भैरव सर्वश्रेष्ठ पार्श्व गायक घोषित भए । सर्वश्रेष्ठ छायांकन विधामा ‘सरदार उद्यम’का अविक मुखोपाध्याय विजयी बने । सर्वश्रेष्ठ पटकथातर्फ ‘नायट्टु’बाट शाही कविर उत्कृष्ट बने । एडप्टेड पटकथातर्फ गंगुबाई कठियावाडीका सञ्जयलीला भन्साली र उत्कृषिती वशिष्ठ उत्कृष्ट घोषित भए ।

उत्कृष्ट संवाद लेखन, सम्पादन र मेकअप आर्टिस्ट विधाको अवार्ड पनि गंगुबाई कठियावाडीले जित्यो । ‘सरदार उद्यम’ले कस्ट्युम डिजाइनर र प्रोडक्सन डिजाइनको विधा जित्यो । उत्कृष्ट संगीत निर्देशन विधामा ‘पुष्पा’बाट देवीश्री प्रसाद र पार्श्व ध्वनिमा आरआरआरबाट एमएस कीरावाणी विजयी घोषित भए ।

‘शेरशाह’ले स्पेसल जुरी अवार्ड प्राप्त गरे । आरआरआरले उत्कृष्ट नृत्य निर्देशन, भिजुअल इफेक्ट र द्वन्द्व निर्देशनको विधा जित्यो । यसबाहेक विभिन्न राज्यका फिल्मलाई पनि राष्ट्रिय अवार्ड प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन