२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

१० भाद्र २०८०, आईतवार ११:३३

भदौ १०, काठमाडौँ | बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ ।

फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको हो । ‘केजीएफ २’ को हिन्दी संस्करणले ४३४.७० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो । अर्कोतर्फ, आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल २’ले पनि शनिबार १४.०२ करोड भारु कमाएको छ । दुई दिनमा फिल्मको कमाइ २४.७१ करोड भारु पुगेको छ ।


‘गदर २’ सामु अब ‘बाहुबली २’ (हिन्दी संस्करण) र शाहरुख खानको ‘पठान’को कलेक्सनलाई उछिन्नुपर्ने चुनौती छ । ‘पठान’ले ५४३ करोड भारु कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो ।

प्रक्षेपणअनुसार ‘गदर २’ ले आइतबार १५ करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गर्न सक्ने अनुमान छ । यदि ‘गदर २’ ले आइतबार १५ करोड भारु कमाउन सक्यो भने ‘बाहुबली २’ को रेकर्ड तोड्न उसले ६० करोड भारु मात्र कमाए हुन्छ । ‘पठान’को कीर्तिमानमा पुग्न अझै १०० करोड कमाउन बाँकी छ ।  तेस्रो हप्तामा पुगे पनि यो फिल्मको क्रेजमा भने कमी आएको छैन । यो फिल्म चार हजार स्क्रिनमा चलिरहेको भए पनि नयाँ फिल्मको तुलनामा यसको कमाइ राम्रो छ ।

‘गदर २’ को कमाइ हेर्दा बलिउड लयमा फर्किएजस्तो देखिन्छ । पछिल्लो तीन वर्ष हिन्दी फिल्मका लागि राम्रो रहेन । यो वर्ष तालिका फेरिएको छ । पठान र गदर २ ले मात्रै करिब एक हजार करोड कलेक्सन गरे । आयुष्मान खुरानाको ‘ड्रीम गर्ल २’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको छ । शाहरुखको फिल्म ‘जवान’ अर्को महिना रिलिज हुँदैछ । प्रतिक्रिया राम्रो भएमा फिल्मले सहजै ३०० करोडसम्म कलेक्सन गर्न सक्छ ।

‘गदर २’ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले विश्वभर ५७२.२० करोड भारुभन्दा बढी कमाइ गरेको छ । फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो व्यापार गरिरहेको छ । निर्देशक अनिल शर्माले ‘गदर २’ ले एक हजार करोड भारु कमाउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु