२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

२०८०, १० भाद्र आईतवार ११:३३

भदौ १०, काठमाडौँ | बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ ।

फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको हो । ‘केजीएफ २’ को हिन्दी संस्करणले ४३४.७० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो । अर्कोतर्फ, आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल २’ले पनि शनिबार १४.०२ करोड भारु कमाएको छ । दुई दिनमा फिल्मको कमाइ २४.७१ करोड भारु पुगेको छ ।


‘गदर २’ सामु अब ‘बाहुबली २’ (हिन्दी संस्करण) र शाहरुख खानको ‘पठान’को कलेक्सनलाई उछिन्नुपर्ने चुनौती छ । ‘पठान’ले ५४३ करोड भारु कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो ।

प्रक्षेपणअनुसार ‘गदर २’ ले आइतबार १५ करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गर्न सक्ने अनुमान छ । यदि ‘गदर २’ ले आइतबार १५ करोड भारु कमाउन सक्यो भने ‘बाहुबली २’ को रेकर्ड तोड्न उसले ६० करोड भारु मात्र कमाए हुन्छ । ‘पठान’को कीर्तिमानमा पुग्न अझै १०० करोड कमाउन बाँकी छ ।  तेस्रो हप्तामा पुगे पनि यो फिल्मको क्रेजमा भने कमी आएको छैन । यो फिल्म चार हजार स्क्रिनमा चलिरहेको भए पनि नयाँ फिल्मको तुलनामा यसको कमाइ राम्रो छ ।

‘गदर २’ को कमाइ हेर्दा बलिउड लयमा फर्किएजस्तो देखिन्छ । पछिल्लो तीन वर्ष हिन्दी फिल्मका लागि राम्रो रहेन । यो वर्ष तालिका फेरिएको छ । पठान र गदर २ ले मात्रै करिब एक हजार करोड कलेक्सन गरे । आयुष्मान खुरानाको ‘ड्रीम गर्ल २’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको छ । शाहरुखको फिल्म ‘जवान’ अर्को महिना रिलिज हुँदैछ । प्रतिक्रिया राम्रो भएमा फिल्मले सहजै ३०० करोडसम्म कलेक्सन गर्न सक्छ ।

‘गदर २’ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले विश्वभर ५७२.२० करोड भारुभन्दा बढी कमाइ गरेको छ । फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो व्यापार गरिरहेको छ । निर्देशक अनिल शर्माले ‘गदर २’ ले एक हजार करोड भारु कमाउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति