२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सारुक मृत्यु प्रकरणबारे लेख्दै नम्रता भनिन्: यो पहिले नै पोस्ट गर्न तयार गरेको थिए, तर….

२०८०, ११ भाद्र सोमबार ०७:४७

भदौ ११, काठमाडौँ | अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छिन् । नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे लामो स्ट्याटस लेखेर धेरै समयपछि केही वास्तविक सूचना प्रवाह गरेको बताएकी छिन् । 

उनले सारुककाे निधनप्रति श्रद्धाञ्जली दिँदै परिवारप्रति समवेदना व्यक्त गरेर आफ्नो कुरा सुरु गरेकी छिन् ।  यस्तै, सारुकको आत्महत्याले आफूलाई अचम्मित तुल्याएको पनि बताएकी छिन् । घटना केही समय अघिको भएपनि अहिले सामाजिक सञ्जालमार्फत् यसबारे बोल्न बाध्य भएको बताइन् । 

आफू विरलै मिडियामा आउने गरेको तर यो घटनापश्चात् एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचार लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरु पूर्वाग्रही हिसाबले लागेको र यो क्रियाकलापलाई उनको परिवार र कानुनी समूहले नजिकबाट नियालेको जानकारी दिइन् । 

फेसबुकमा लामो स्टाटस लेख्दै पहिलोपटक नम्रताले आफ्नो भनाइ राखेकी हुन् । उनले शारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै घटनाले आफूलाई अचम्भित तुल्याएको बताएकी छन् ।

यो घटनालाई लिएरु एकतर्फीरूपमा विभिन्न मिडियामार्फत समाचोर लेख्न लगाइएको तथा केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही किसिमले आफूविरुद्ध लागेको नम्रताको टिप्पणी छ ।

‘मेरो परिवार र हाम्रो कानूनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु,’ उनले लेखेकी छन् ।

अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताएकी छन् ।

‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ,’ उनी भन्छिन्, ‘आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति