बीच्च-बीच्चमा ६ मा तेस्रोलिंगीको रूपमा देखिदै दुर्गेश !

Posted on: 29 Aug, 2023

भदौ १२, काठमाडौँ | नेपालीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा विभिन्न तिज गितहरु आउने क्रम जारी छ । यसै क्रममा गायक दुर्गेश थापाले पनि सुपरहिट सांगीतिक सिक्वेल  ‘बीच्च बीच्चमा’ को छैटौँ शृङ्खला बजारमा ल्याउने भएका छन्।

यसमा दुर्गेशलाई नयाँ रूपमा देख्न पाइने भएको छ ।गीतको नाम छ- दुर्गेश होइन, दुर्गा नाच्छे बीच्च बीच्चमा । गीतको भिडियोमा दुर्गेश तेस्रोलिंगीको रूपमा देखिने भएका हुन् । भिडिओको फर्स्ट लुकले नै दर्शकमा गीतप्रति कौतूहल पैदा गर्न सक्छ । गीत पर्सी युट्युबमा रिलिज हुँदै छ।

यस गीतमा लिरिक्स र म्युजिक दुर्गेशको आफ्नै रहेको छ । गायनमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् । भिडिओको निर्देशन मौसम हिमालीले गरेका छन् । प्रकाश भुजेलले भिडिओमा दुर्गेशलाई साथ दिएका छन् ।

लामो समयदेखि संगीत क्षेत्रमा संघर्षरत दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको गीतबाट ख्याति कमाएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!