२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अग्रिम टिकट बुकिङमा ‘जवान’ ले तोड्यो ‘पठान’ को रेकर्ड

१७ भाद्र २०८०, आईतवार ११:४२

भदौ १७, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

अग्रिम टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै 'जवान' ले नयाँ रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मको २ लाख ३३ हजार टिकट बुकिङ भइसकेको छ। भने विश्वव्यापी रूपमा ४ लाख २५ हजार टिकट बुकिङ भइसकेको छ। 

अग्रिम टिकट बुकिङमा शाहरूखले आफ्नै फिल्म 'पठान' को रेकर्ड तोडेका छन्। उनको फिल्म 'पठान' को २४ घन्टामा १ लाख १७ हजार टिकट बुकिङ भएको थियो। 

'जवान' को यसरी नै टिकट बुकिङ भयो भने एसएस राजामौलीको फिल्म 'बाहुबली २' को रेकर्ड तोड्ने अनुमान गरिएको छ। 'बाहुबली २' को विश्वव्यापी रूपमा  ६ लाख ५० हजार अग्रिम टिकट बुकिङ भएको थियो। 

एटली कुमारले निर्देशन गरेको फिल्म 'जवान' मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखाइनेछ। 

गौरी खानको लगानी रहेको फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन्। 

जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य