२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अग्रिम टिकट बुकिङमा ‘जवान’ ले तोड्यो ‘पठान’ को रेकर्ड

२०८०, १७ भाद्र आईतवार ११:४२

भदौ १७, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

अग्रिम टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै 'जवान' ले नयाँ रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मको २ लाख ३३ हजार टिकट बुकिङ भइसकेको छ। भने विश्वव्यापी रूपमा ४ लाख २५ हजार टिकट बुकिङ भइसकेको छ। 

अग्रिम टिकट बुकिङमा शाहरूखले आफ्नै फिल्म 'पठान' को रेकर्ड तोडेका छन्। उनको फिल्म 'पठान' को २४ घन्टामा १ लाख १७ हजार टिकट बुकिङ भएको थियो। 

'जवान' को यसरी नै टिकट बुकिङ भयो भने एसएस राजामौलीको फिल्म 'बाहुबली २' को रेकर्ड तोड्ने अनुमान गरिएको छ। 'बाहुबली २' को विश्वव्यापी रूपमा  ६ लाख ५० हजार अग्रिम टिकट बुकिङ भएको थियो। 

एटली कुमारले निर्देशन गरेको फिल्म 'जवान' मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखाइनेछ। 

गौरी खानको लगानी रहेको फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन्। 

जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति