२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘गदर-२’ को भारतीय बक्स अफिसमा नयाँ इतिहास !

१८ भाद्र २०८०, सोमबार ०८:३५

भदौ १८, काठमाडौँ | सन्नी देओल स्टारर फिल्म ‘गदर-२’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ ।

फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको रेकर्ड तोड्नेतर्फ लक्षित छ । ‘बाहुबली २’को हिन्दी भर्सनले भारतीय बक्स अफिसमा ५१०.९९ करोड भारु कमाएको थियो ।


२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै ‘गदर २’ सबैभन्दा छिटो ५०० करोड भारु कमाउने फिल्म पनि बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म पनि बनेको छ । यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा आबद्ध हुन पाएका थिए ।

‘गदर २’ले ५०० करोड कमाउन २४ दिन लगाउँदा ‘पठान’लाई २८ दिन लाग्यो भने ‘बाहुबली २’को हिन्दी भर्सनलाई ३४ दिन लाग्यो । ‘गदर-२’ले स्वदेशमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरेको छ ।

बलिउड हंगामाका अनुसार फिल्मले विश्वभर ६५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । अष्ट्रेलिया, जर्मनी, अमेरिका र बेलायतजस्ता देशमा यसले राम्रो आम्दानी गरिरहेको छ ।

महत्वपूर्ण कुरा के हो भने अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी-२’सँगै ‘गदर-२’ रिलिज भएको थियो । ‘ओएमजी-२’ ले पनि बक्स अफिसमा राम्रो कमाई गरे पनि ‘गदर-२’ ले खासै प्रभाव पार्न सकेन । त्यसको दुई सातापछि आयुष्मान खुराना स्टारर फिल्म ‘ड्रिमगर्ल-२’ रिलिज भएको थियो र यो नयाँ फिल्म रिलिज भए पनि ‘गदर-२’ ले राम्रो कमाई गरिरहेको छ ।

अर्कोतर्फ ‘ड्रिम गर्ल-२’ ले पनि आइतबार ८.१० करोड भारु कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ८६.१६ करोड भारु पुगेको छ । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म अब १०० करोड क्लबमा सामेल हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा