२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘एक भगवत् गीता’ विवादबारे दीपकराजको आपत्ति भन्छन्– नामकै कारण चलचित्र रोक्नु जायज हैन

२२ भाद्र २०८०, शुक्रबार ०७:५८

भदौ २२, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’लाई धार्मिक संगठनको हस्तक्षेप र चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएको विषयमा कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्।

उनले शुक्रबार फेसबुक पोस्टमार्फत् नामकै कारण चलचित्र रोक्नु जायज नभएको बताए।

उनले फिल्मकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र अभिनेत्री सुहाना थापासँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘उहाँहरू भगवान श्रीकृष्णको धेरै भक्ति गर्नु हुन्छ। उहँहरूले बनाएको फिल्म एक भगवत गीता अहिले सेन्सरको चपेटामा परेको छ। स्वयम् एक भक्तले बनाएको फिल्ममा, धर्मको खिल्ली उडाए भनेर कसरी पत्याउनु? यदि नामकै कारण मात्रै हो भने चलचित्र रोक्नु जायज होला र?’

दीपकले नेपालको चलचित्र उद्योगमा एकताको अभाव भएकाले अरुको बारेमा बोल्न कोही बोल्न नचाहेको गुनासो गरे। उनले बलिउडको उदाहरण दिँदै भने, ‘ बलिउडमा एउटा फ़िल्म ब्लकबष्टर हूदाँ पूरा उद्योग खुसी मनाउँछ।  यहाँ कुनै फिल्म ब्लकबष्टर भो भने पूरा उद्योग शोकमा डुब्छ….!’

उनले अन्यायविरुद्ध बोल्दा गाली खाइए पनि बोल्न नछाड्ने बताए। ‘संघ संस्था राजनीति गर्ने मञ्च र अधिकार बिहीन विकास बोर्ड जागिर खाने थलो मात्रै नहोस। केही गरौँ, रिलिज नरोकौँ,’ उनले लेखेका छन्। 

दीपकको पोस्टलाई सेयर गर्दै अन्य चलचित्रकर्मीहरूले पनि यसविरुद्ध आवाज उठाएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश