२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘एक भगवत् गीता’ले आजै सेन्सर सिफारिस पाउने

२४ भाद्र २०८०, आईतवार ०६:४६

भदौ २४, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई आज सेन्सर सिफारिस दिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।

‘हामी फिल्मलाई सेन्सर सिफरिस नदिने पक्षमा कहिल्यै थिएनौ र छैनौ पनि । बोर्डमा बिभिन्न धार्मिक संस्थाले निवेदन दिएर विवाद निम्त्याएका कारण सकभर मिलाएर लैजान केही समय अलमल भएको हो’, प्रवक्ता अधिकारीले भने– ‘दुबै पक्षको सहमतिबाट आज सेन्सर सिफरिस हुन्छ । सेन्सर सिफारिस हामीले रोक्न पनि मिल्दैन ।’


सेन्सर सिफरिसका लागि नामको अगाडि एक र बीचमा ड्यास समेत राखेर निर्माण युनिटले नाम सच्याएको बुढाथोकीको भनाइ छ । निर्माण टिमले फिल्मको नामको अगाडि एक र बीचमा ड्यास् राख्ने बताएपछि धार्मिक संघ संस्थाहरु फिल्म रिलिज गर्न दिने सहमतिमा जुटेको बताइन्छ ।

केही दिन अगाडि बिभिन्न धार्मिक संस्थाहरुले चलचित्रको नाम ‘भगवत गीता’ राखेर धर्ममाथि प्रहार गरेको भन्दै नाम परिवर्तनको माग गर्दै बोर्डमा निवेदन दिएका थियो । धार्मिक संस्थाको निवेदनपछि बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफरिस रोकेको थियो ।

आज आइतबार बोर्ड, निर्माण पक्ष र धार्मिक संघ–संस्थाले बोर्डमा नै संयुक्त पत्रकार सम्मेलन समेत गर्ने तयारी गरेका छन् । सुहाना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

फिल्ममा बिपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको मुख्य भूमिका रहेको छ । फिल्म २९ भदौ अर्थात अगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…